+
+

ज्योति विकास बैंकले ७ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २० गते १६:१२

joty-bikas-bank.२० फागुन, काठमाडौं । ज्योती बिकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलार्इ ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको बुधवार बसेको १ सय ८९ औं सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

गत बर्ष बैंकले एक करोड ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आफ्नो साधारण सभाबाट पारित भएपछि मात्रै वितरण गरिन्छ । बोनस सेयर पारित भएमा बैंकको चुक्तापूँजी ८४ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्तापूँजी ७९ करोड १८ लाख रुपैयाँ छ ।

गत वरष पनि बैंकले ७ प्रतिशत बोनस सेयर र ५.६० प्रतिशत नगद लाभांश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?