Comments Add Comment

बाबुरामले भारतलाई ‘आमन्त्रण’ गरेको बैद्य माओवादीको आरोप

२० फागुन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले एमाओवादी नेता डा. बाबुराम भट्टराईले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

Baburam-at-Nepalganj
बाबुराम भट्टरार्इ

‘भारत शान्ति प्रक्रियाएको एउटा सम्बद्ध पक्ष भएको’ भन्ने भट्टराईको अभिव्यक्तिमा वैद्य माओवादीले आपत्ति जनाएको हो ।

उसले ‘नेपालमा शान्ति प्रक्रिया केही किसिमले पूरा गरिएन भने भारतमा त्यसको नकारात्मक प्रभाव गर्नेछ र यसअर्थमा सन् २००६ मा प्रारम्भ गरिएको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन भारतको सकारात्मक भूमिका रहनेछ भन्ने अपेक्षा गरिएको छ’ भन्ने भट्टराईर्को अभिव्यक्तिको पनि विरोध गरेको छ ।

मााओवादी प्रवक्ता पम्फा भुसालले बुधबार विज्ञप्ति जारी गरी भट्टराईको अभिव्यक्ति छिमेकी देशलाई हस्तक्षेपका लागि आमन्त्रित गर्ने आशय प्रकरण भएको भन्दै भत्र्सना गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment