Comments Add Comment

सिटिसी मलमा अन्तराष्ट्रियस्तरको स्पा, एक महिनासम्म निःशुल्क सेवा

Spa-final

२० फागुन काठमाडौं । सुन्धारास्थित सिटिसी मलको सातौं तल्लमा अन्तराष्ट्रियस्तरको ग्लोरियस वेलनेस व्यूटी एण्ड सलोन संचालनमा आएको छ । सलोनमा इन्टरनेशनल स्पा थेरापी, ओरेण्टल स्पा थेरापी, ट्रेडिसनल स्पा थेरापी, आयुर्वेदिक स्पा थेरापी, नेचुरल तथा हर्बोलोजी स्पा थेरापी, स्टिम, ज्याकुजी, सोना लगायतका सुबिधाका साथै उत्कृष्ट ब्युटी स्टुडियो र सलोन स्टुडियो संचालन गरिने छ ।

कुटनैतिक नियोगमा कार्यरत बिदेशी कर्मचारी, नेपालका बिजनेश पर्सनालिटी, बिदेशी पर्यटक तथा स्पा थेरापीका लागि बिदेश गइरहने नेपालीलाई लक्षित गरेको यो स्पामा उत्कृष्ठ हस्पिटालिटी सेवाका साथै अन्तराष्ट्रियस्तरका स्पा प्रडक्टको प्रयोग गरिने स्पाका प्रबन्ध निर्देशक बाबुराम श्रेष्ठले जानकारी दिए ।

शान्त बाताबरणमा उत्कृष्ट इन्टेरियर डिजाइन, काष्ठकलाको साथै सुमधुर संगीत सँगै बिभिन्न थेरापीको आनन्द पाइने संचालक श्रेष्ठ बताए । यस स्पामा सिंगल, कपल, फेमिली र कर्पोरेट मेम्बरसीपको अबधारणा ल्याएको ग्लोरियस वेलनेस स्पाले जनाएको छ । महिला, पुरुष र फेमिलीको लागि अलग अलग जोनमा छुट्याउनुका साथै चेन्जिङ रुम र लकरको अलग अलग ब्यबस्था गरिएको स्पाले जनाएको छ ।

श्रेष्ठका अनुसार १ हजार ५ सय रुपैयाँ देखि १५ हजार रुपैयाँसम्मका बिभिन्न स्पा थेरापी लिन सकिने छ । आफ्नो पेशा र ब्यबशायमा ब्यस्त रहेका ब्यक्तीहरुलाई मानसिक र शारीरिक तनाब कम गराइ ब्यबशायीक जीबनमा सफलता हासिल गर्नका लागि यस ग्लोरियस स्पामा सेवा लिन आउन संचालकले अनुरोध गरेका छन् ।

तनाबमा रहेका बिभिन्न पेशा ब्यबसायमा आबद्ध ब्यबसायीलाई बिशेष सुबिधा सहितका थेरापी प्याकेज उपलब्ध गराइने ग्लोरियस उनले जानकारी दिए ।

संचालनमा आएको अबसर पार्दै ग्लोरियस स्पाले एक महिनासम्म निशुल्क सेबा दिने बताएको छ । १ महिना भित्र पूर्णरुपमा संचालनमा आउने यो स्पाले अन्तराष्ट्रियस्तरको सुबिधा दिने आफु पहिलो भएको दाबी गरेको छ । यो स्पा को क्षेत्रफल ५ हजार स्क्वायर फिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment