Comments Add Comment

एमालेले सुखानीका सहिदलाई सम्झियो

२० फागुन, काठमाडौं । नेकपा एमालेले तत्कालिन झापा विद्रोहमा लागेका क्रान्तिकारीहरु योद्धाहरुको स्मरणमा बिहीवार सहिद स्मृति दिवस मनाउने भएको छ ।

CPN_UML_office४२ औं शहीद स्मृति दिवसका अवसरमा बिहीबार विहान ८ बजे केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरिएको सचिव पृथ्वीसुब्बा गुरुङले जनाएका छन् ।

एमालेले हरेक वर्ष फागुन २१ गते सहिद स्मृति दिवस मनाउने गरेको छ । २०२९ साल फागुन २१ गते तत्कालिन झापा विद्रोहका योद्धाहरु कृष्ण कुइँकेल, रामनाथ दाहाल, वीरेन राजवंशी र नारायण श्रेष्ठको सुखानीको जंगलमा राज्यले हत्या गरेको थियो ।

२०२८ सालमा केपी ओली, सीपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी लगायतका झापाली युवाहरुले वर्गशत्रु खत्तम गर्ने भन्दै सशस्त्र विद्रोह गरेका थिए ।

त्यो विद्रोहलाई तत्कालै राज्यले दमन गरेर चार जनालाई सुखानीको जंगलमा हत्या गरेको थियो । पछि पक्राउ परेका ओली, राधाकृष्ण मैनाली, सीपी मैनाली,मोहनचन्द्र अधिकारीहरु जेल परेका थिए ।

सीपी मैनाली र प्रदीप नेपालहरुले २०३५ सालमा नख्खु जेलब्रेक गरेर बाहिरिएका थिए भने मोहनचन्द्र अधिकारी नेपालमै सबैभन्दा बढि १७ वर्ष जेल सजाय भोगेर नेपाली नेल्शन मण्डेलाको उपाधी पाएका थिए ।

त्यहि झापा विद्रोह नै पछि गएर कोअर्डिनेशन केन्द्र, नेकपा माले हुँदै हालको नेकपा एमाले बनेको हो । एमालेको नेतृत्वमा संयोगवश अहिले झापा क्रान्तिका अगुवा ओली अध्यक्ष निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment