Comments Add Comment

केजरीवालले आप संयोजकबाट दिएको राजीनामा अस्वीकार

arvind_kejriwal and manish_sisodia

२० फागुन, नयाँदिल्ली । दिल्लीको आम आदमी पार्टीले अरविन्द केजरीवालले पार्टी संयोजक पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।

साथै यागेन्द्र यादव र प्रशान्त भुषणलाई राजनीतिक मामिलासवन्धी प्यानलबाट हटाएको छ । बैठकमा केजरीवाल भने अनुपस्थित थिए ।
दिल्ली विधानसभामा आम आदमी पार्टीले कीर्तिमानी जित हात पारेको थियो । तर, पछिल्लो समय संयोजक केजरीवालसँग यादव र प्रशान्तसँग केही विषयमा मतभेद बाहिर सार्वजनिक भएको थियो ।

दिल्लीमा आम आदमी पार्टीको कार्यकारिणी बैठक बस्नु अघि दिल्लीका मुख्यमन्त्री केजरीवालले पार्टी संयोजक पदबाट राजीनामा दिएका थिए । उनले आफ्नो ध्यान दिल्लीमा केन्द्रीत गर्न चोहेको बताएका छन् ।

तर, केहीघन्टासम्म चलेको बैठकले केजरीवालको राजीनामा अस्वीकार गरेको छ । साथै यागेन्द्र यादव र प्रशान्त भुषणलाई राजनीतिक मामिलासवन्धी प्यानलबाट हटाउने निर्णय बहुमतले गरेको छ ।

प्रशान्त भुषणले निर्णयको पुष्टि गर्दै पार्टीको निर्णय सबैलाई मान्य हुने बताएका छन् । नेता कुमार विश्वासले योगेन्द्र यादव र प्रशान्त भुषणलाई नयाँ जिम्मेवारी दिइने बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment