Comments Add Comment

जुम्ल्याहाको जुम्ल्याहासँगै लगनगाँठो गासिँयो

Twince-marrige

२० फागुन, झापा  । बिहेको घर, आँगन एउटै  ।  जग्गे मात्र दुईवटा । कन्यादान गर्ने पनि उही । झापाको हल्दीवारी– ३ पाराखोपीमा बुधबार भएको बिहे हेर्नेको निक्कै घुइँचो थियो, जुम्ल्याहा दिदी बहिनीको ।

संयोग पनि उस्तै । यस्तो कमैलाई जुर्छ । दुलाहा पनि जुम्ल्याहा दाजुभाइ । जन्ती उही, बिहेको गाडी एउटै । सँगै स्वयम्वर, सँगै अन्माएर एउटै घरबाट लगेका दुलही एकै घरमा भित्र्याए । बेहुली थिए– होम र कमला दाहालका जुम्ल्याहा छोरीहरू गङ्गा र जमुना ।

बेहुला थिए, दमक नगरपालिका निवासी ठूलो बाह्रघरेका राम र श्याम । १७ वर्षे दुलहीसँग २२ वर्षे दुलाहाले कसे लगन गाँठो । निम्तालु उही, उपहार दुईतिर ।

सामान्य लेखपढ गरेका गङ्गा जमुनाको लगनगाँठो भने पठित दुलाहासँग कसियो । गङ्गाका दुलाहा राम संस्कृतमा शास्त्री र जमुनाका दुलाहा श्याम उत्तरमध्यमा हुन् ।

‘त्यस्तो संयोग कमैलाई मिल्छ,’ बिहे हेर्न भेला भएका भन्दै थिए – ‘गङ्गा–जमुना र राम–श्याम भाग्यमानी रहेछन् ।’ हल्दीवारी वरपरका स्थानीय तथा निम्तालुले बिहे रोचक र रमाइलो भएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment