Comments Add Comment

दोहोरो नागरिकता लिएर दुईतिर जागिर

२१ फागुन काठमाडौं । झुटो विवरण पेस गरी दोहोरो नागरिकता लिएको भन्दै प्रहरीले एक व्यक्तिमाथि पक्राउपुर्जी जारी गरेको छ । ललितपुर-९ बालकुमारी बस्ने राम श्रेष्ठले दुई नागरिकता लिएर दुईतिर जागिर खाएको उजुरी परेपछि महानगरीय प्रहरी परिसर ललितपुरले उनको खोजी गरिरहेको हो ।

nagariktaललितपुर खुमलटार १४ का श्रवणकुमार शर्माले प्रहरीमा दिएको उजुरीअनुसार श्रेष्ठसँग १६ फागुन २०३१ मा जारी भएको २१९०-०३१-३२ नम्बरको र १८ साउन २०४० मा जारी भएको ४११-०४०-४१ नम्बरको दुईवटा नागरिकता रहेको नयाँ पत्रिकामा खबर छ ।

उनले पहिलो नागरिकता प्रयोग गरी नेपाल बैंकमा जागिर खाएको र दोस्रो नम्बरको नागरिकता प्रयोग गरी काठमाडौं महानगरपालिका मातहतको २२ नम्बर वडामा जागिर खाएको उजुरीमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि श्रेष्ठलाई खोजतलास गरी उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेको छ । परिसरका निरीक्षक राधाप्रसाद पराजुलीले अभियुक्तको खोजी भइरहेको तर फेला नपरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment