Comments Add Comment

पुरानै नियमावलीअनुसार लाइसेन्स वितरण सुरु

२१ फागुन काठमाडौं । कडा प्रावधानसहितको नयाँ ‘सार्वजनिक सवारीचालक नियमावली’ लागू गर्न सरकार असफल भएको छ । करिब दुई महिना रोकेपछि बुधबारदेखि पुरानै नियमावलीअनुसार सरकारले लाइसेन्स वितरण प्रक्रिया अघि बढाएको छ ।

driving-licenceउपत्यकाबाट बुधबारदेखि पुरानै प्रावधानअनुसार यातायात कार्यालयले लाइसेन्स वितरणका लागि निवेदन लिन थालेको छ । सरकारले नियमावली पारित गरेपछि नयाँ नियमावलीअनुसार मात्र लाइसेन्स वितरण गर्ने भन्दै करिब दुई महिनाअघि लाइसेन्स वितरण प्रक्रिया रोकिएको नयाँ पत्रिकामा खबर छ ।

यातायात मजदुरसँग थप छलफल गर्नुपर्ने भएकोले नियमावली कार्यान्वयन गर्न समय लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले बताए । मन्त्रिपरिषदबाट नियमावली पारित भएको तीन महिना बित्दा पनि सरकारले राजपत्रमा प्रकाशन गर्न सकेको छैन् । गत २५ मंसिरमा मन्त्रिपरिषद बैठकले सार्वजनिक सवारीचालक अनुमतिपत्र नियमावली २०७१ पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment