Comments Add Comment

बंगलादेशसँगको हारसँगै स्कटल्याण्ड विश्वकपबाटै बाहिरियो

Bangaladesh

२१ फागुन, काठमाडौं । एशोसिएट नेशन स्कटल्याण्डले विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिने पक्का भएको छ । बिहीबार भएको खेलका स्कटल्याण्ड टेष्ट नेशन बंगलादेशसँग ६ विकेटले पराजित भएको छ ।

स्कटल्याण्डले ३१८ रनको सम्मानजक स्कोर बनाए पनि बंगलादेशले ११ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । यो बंगलादेशले विश्वकपमा पूरा गरेको अहिलेसम्मको ठूलो लक्ष्य पनि हो ।

६ विकेटको जितसँगै ४ खेलबाट ५ अंक जोेडेको समूह बीको चौथो स्थानमा छ र उसले बंगलादेशको सुपर एट प्रवेशको सम्भावना बलियो बनाएको छ ।

लगातार चौथो हारसँगै स्कटल्याण्डले भने यो पटक पनि समूह चरणबाटै बाहिरिने पक्का भएको छ । सन् १९९९ र २००७ मा पनि विश्पकप खेलेको स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएको थियो र उसले एक अहिलेसम्म विश्वकपमा जित हात पार्न सकेको छैन ।

बंगलादेशको सुरुवात भने राम्रो थिएन । मात्र ५ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । तर, तमिम इकवाल र महमुदुल्लाहले दोस्रो विकेटका लागि १३९ रनको उत्कृष्ट साझेदारी गरे । महमुदुल्लाह ६२ रनमा आउट भएवछि तमिमले मुस्फिकर रहिमसँग ५७ रनको साझेदारी गर्दै बंगलादेशको पारी सम्हाले ।

तेस्रो विकेटका रुपमा आउट भएका तमिम ५ रनमा शतक बनाउन चुके । १०० बलको सामना गरेका उनले नौ चौका र एक छक्काको मद्दतमा ९५ रन बनाए । चौथो विकेटका लागि सकिव अल हसनले रहिमसँग ४६ रनको साझेदारी गरे । रहिम ४२ बलमा ६० रन बनाएर पभेलियन फर्किए ।

त्यसपछि सकिवले पाँचौ विकेटका लागि सविरसँग ७५ रनको अविजित साझेदारी गर्दै बंगलादेशलाई महत्वपूर्ण ६ विकेटका जित दिलाए । सकिव ५२ र सविर ४२ रनमा अविजित रहे ।

स्कटल्याण्डका जोस डेभीले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले काइल कोएटजरको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर ३१८ रन बनाएको थियो । यो विश्वकपमा एशोएट्स टीमले बनाएको दोस्रो ठूलो स्कोर हो ।

उसको सुरुवात भने राम्रो हुन सकेन । २५ रन जोड्दा २ विकेट गुमाइसकेको थियो ।

तेस्रो विकेटका लागि माट मचानसँग ७८ रनको साझेदारी गरेका ओपनर काइलले चौथो विकेटका लागि प्रिस्टन मोमेन्सनले १४१ रनको साझेदारी गर्दै स्कटल्याण्डको पारी सम्हाले ।

कोएटजरले १५६ रन बनाए । मोमेन्सनले ३९ र मचानले ३५ रन बनाए ।

बंगलादेशका तास्किन अहमदले तीन विकेट लिए भने नासिर हुसेनले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment