Comments Add Comment

बिहीबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट बिहीबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको टर्किस एयरको विमान दुर्घटनाको खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकले ‘कन्ट्रोलरको गलत सूचना’ले टर्किस जहाज दुर्घट्ना, योजना आयोगले बजेट सीमा तोक्यो, दुई सातामा पनि खुलेन यूटीएल, उखुको मूल्य समस्या सुल्झाउन दुई विकल्प, राष्ट्रिय रोजगार नीति पारित, स्मार्ट फोनमा सामसुङ नै अगाडि लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा टर्किस जहाज दुर्घट्नाग्रस्त, नौ क्षेत्रमा विदेशी लगानी निषेध, अर्थ मन्त्रालयमा फेरि दुई सचिव, माथिल्लो तामाकोसीको सेयर भर्ने म्याद थपियो, काठमाडौ-बनारस बस सेवा आजदेखि, काभ्रेमा दैनिक डेढ करोडको दूध उत्पादन, धार्मिक पर्यटकका लागि मल्टीप्यालेस लगायतका खबर छन् ।

नागरिक दैनिकमा विद्यार्थीलाई सहज छैन जापान, उखुको मूल्य छिटो तोक, जलविद्युत सम्मेलन रोकियो, फेवानले मेला आयोजना गर्ने, विराटनगर विमानस्थल विस्तार भाषणमा मात्रै, कुखुराको मासु ४० रुपैयाँ सस्तियो, ‘मकवानपुर औद्योगिक हब बन्न सक्छ’ लगायतका खबर छन् ।

अभियान दैनिकमा विदेशी लगानी नीति २०७१, गभर्नर सिफारिस नेपाल, प्याकुरेल र अधिकारीको सम्भावना, सवा ३ लाख वैदेशिक रोजगारीमा, ३ महिनाभित्र दुई ठूला विमान दुर्घटना टरे, गाउँ पस्दै बिमा कम्पनी लगायतका खबर छन् ।

आर्थिक दैनिकमा टर्किस एयरको बदमासले दुर्घटना, सरकारले बैदेशिक लगानीको सीमा तोक्यो, अर्थ मन्त्रालयमा फेरि दुई जना सचिवको ब्यवस्था, खानेपानी आयोजना भ्रष्टाचार, हेटौंडामा नयाँ औद्योगिक क्षेत्र, उखुको मूल्य निर्धारण गर्न उद्योग मन्त्रालयलाई निर्देशन लगायतका खबर छन् ।

11-annapurna

22-karobar

33-arthik

44-aviyan

55-nagarik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment