Comments Add Comment

काइल बने विश्वकपमा शतक बनाउने स्कटिस क्रिकेटर

Kyle Coetzer 1

काइल कोएटजर विश्वकप क्रिकेटमा शतक बनाउने अहिलो स्कटल्याण्डका क्रिकेटर बनेका छन् ।

बिहीबार बंगलादेशविरुद्धको खेलमा कोएटजरले कीर्तिमानी १५६ रन बनाए । यसअघि सन् १९९९ मा गाभिन ह्यामिल्टनले पाकिस्तानविरुद्ध ७६ रन बनाएका थिए ।

१३४ बलको सामना गरेका उनले १७ चौका र चार छक्का समेत हानेका छन् । उनले ३८ औं ओभरमा रुबेल हसानको बलमा छक्का हान्दै शतक पूरा गरेका थिए ।

यो वन क्रिकेटमा एकै इनिङमा स्कटल्याण्डका कुनै पनि ब्याट्सम्यानले बनाएको दोस्रो ठूलो स्कोर हो । वन डेमा काइलको दोस्रो शतक हो ।

काइल कोएटजरको उत्कृष्ट प्रदर्शनमा स्कटल्याण्डले बंगलादेशविरुद्ध ८ विकेटको क्षतिमा ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । यो विश्वकपमा एशोएट्स टीमले बनाएको दोस्रो ठूलो स्कोर हो ।

तेस्रो विकेटका लागि माट मचानसँग ७८ रनको साझेदारी गरेका काइलले चौथो विकेटका लागि प्रिस्टन ममसेनसँग ११४ रनको साझेदारी गरे ।

१९९९ र २००७ पछि तेस्रो विश्वकप खेलिरहेको स्कटल्याण्डले जित भने हात पार्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment