Comments Add Comment

अनौठो टापु जहाँ १ सय २० बिरालोले मानिसमाथि शासन गर्छन् (फोटो फिचरसहित)

Cat (8)

१ सय २० वटा बिरालोको सेनाले त्यहाँ सासन चलाइरहेका छन् । नचलाउन् पनि किन उक्त टापुमा मानिसको संख्या जम्मा २० मात्र छ र त्यसको २० गुणा बढि संख्यामा बिरालोहरु छन् ।

दुनियाकै आश्चर्यजनक यो टापु जापानको आओशिमा टापु हो । रिटायर्ड जिवन कटाइरहेका २० जना वृद्धवृद्धाहरु यो टापुमा बसोबास गर्दै आएका छन्, जो परिवारमा एक्लो छन् ।

७० वर्ष पहिले सन् १९४५ मा यो टापुमा ९ सय जना मानिस बसाइ सरेर आएका थिए । उक्त टापुमा उतिबेला मुसाको प्रकोप उच्च थियो त्यसैले मानिसहरुले आफुसँगै बिरालोहरु समेत लिएर आएका थिए । उक्त टापुमा आउने मानिसहरुको मुख्य पेशा माछा मार्नु थियो ।

ती मानिसहरुले ७० वर्षअघि ल्याएका बिरालोहरुले सन्तान उत्पादन गर्दै संख्या बढाउँदै गए तर मानिसहरुको संख्या भने घट्दै गयो । अहिले यो टापुमा मानिसहरु उतिसारो देखै पर्दैनन् तर बिरालाहरु भने यत्रतत्र सर्वत्र देखिन्छन् । मानिसहरुले छाडेका घरहरुमा बिरालाको राज छ । स्थानीय वृद्धवृद्धाहरुलाई बिरालोहरुले निकै दुख समेत दिने गरेका छन् ।

यो टापु अहिले बिरालो टापुको नामले चर्चित हुन थालेको छ । यहाँ न त कुनै रेष्टुराँ छन् न त कुनै पसल तथा गाडीहरु । तर जिवनको उत्तरार्धमा रहेका वृद्धवृद्धाहरु बिरालोसँगै मृत्यु कुरिरहेका छन् । यो ठाउँ पर्यटकीय दृष्टिले चर्चित त छैन तर बिरालोप्रेमी केही पर्यटकहरु भने यहाँ डुंगा चढेर आउने गरेका छन् । हेरौँ बिरालो टापुका केही दृश्य

Cat (1) Cat (2) Cat (3) Cat (4) Cat (5) Cat (6) Cat (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment