Comments Add Comment

अनुष्कालाई बकबास लाग्यो सलमानको ‘बिग बोस’

salman-anushka

बलिउडमा हत्तपत्त सलमान, अमिर र शाहरुखको खरो आलोचना गर्ने हिम्मत कुनै पनि कलाकारले राख्दैनन् । कारण, यी तीन यस्ता हस्ती हुन जसले बर्षभरिको बलिउड हिट फिल्म ओगटेका छन् ।

तर, नायिका अनुष्का शर्माले भने हालै सलमानको खुलेर आलोचना गरिन् । कलर्स टीभीबाट हरेक बर्ष प्रसारण हुने रियालिटी सो बिगबोसलाई अनुष्काले बकबास भनेकी छिन् ।

सानो पर्दामा सवैभन्दा हिट सो बिगबोसलाई ‘सलमान खान सो’का रुपमा पनि ब्याख्या गरिन्छ । तर, अनुष्काले हालै सोही च्यानलबाट प्रसारित अर्को कार्यक्रममा पुगेर बिगबोस र सलमानको आलोचना गरिन् ।

फराह खानको खाना फकाउने रियालिटी सोमा आमासहित पुगेकी अनुष्काले फराहसँगको कुराकानीमा बिगबोसप्रति आफ्नो असन्तुष्टी खुलेर राखिन् ।

अर्को महिना रिलिज हुने आफ्नो फिल्म एनएच १० को प्रर्बद्धनमा सक्रिय अनुष्का यतिबेला आफ्ना प्रेमी भारतीय क्रिकेटर बिराट कोहलीलाई मैदानमै पुगेर साथ दिन बञ्चित छिन् ।

केही दिनअघि मात्रै सलमानले अनुष्काको प्रेमीले फेसनमा बढि ध्यान दिने गरेको भन्दै आलोचना गरेका थिए । सायद त्यसबाट नाराज भएकी अनुष्काले खुलेरै सलमानको आलोचना गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment