Comments Add Comment

दीपक, दीपा, सुनिता, रामकृष्णलाई अवार्ड

sunita-dulal

काठमाडौं । लोक गायिका सुनिता दुलाल, गायक रामकृष्ण ढकाल कलाकार दीपकराज गिरी र दिपाश्री निरौला सम्मान गरिएको छ ।

आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै क्यापिटल ईभेन्ट मेनेजमेन्टले अन्य क्षेत्रका ब्यक्तिलाई पनि सम्मान गरेको छ । अपाङ्गता भएकादेखि विदेशमा बसेर जीवनस्तर सुधारेकाहरु समेतलाई अवार्ड प्रदान गरिएको छ ।

नेशनल क्यापिटल अवार्ड २०१५ अन्तर्गत सुनितालाई लोकगायन अवार्ड प्रदान गरिएको थियो भने दीपक र दीपालाई कलाकारिता अवार्ड । रामकृष्णलाई सुगम संगीत अवार्ड दिईएको थियो ।

यस्ता अवार्डले आफुलाई काम गर्न प्रेरणा मिल्ने दीपकराज गिरीले बताए । गायिका सुनिता दुलालको भनिन् ‘संगीतमा अझै धेरै गर्नुछ । यो अवार्डले अगाडी बढ्ने प्रेरणा मिलेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment