Comments Add Comment

रुपन्देहीको र पाल्पाको बजेट चार/चार अर्ब

Bujetसलमान खान

२१ फागुन, भैरहवा । जिल्ला बिकास समिती रुपन्देहीको आगामी आर्थिक बर्षको बजेट झण्डै साढे ४ अर्ब रुपैयाँको हुने भएको छ ।
बुधवार भैरहवामा जिविस रुपन्देहीले २२ औ परिषद मार्फत आगामी आर्थिक बर्ष २०७२।७३ को कुल बजेट ४ अर्व ४२ करोड ८७ लाख २१ हजार रुपैयाँ रहेको सार्वजनिक गरेको छ ।

कुल बजेटमध्ये चालुतर्फ ४६.७० प्रतिशत अर्थात् २ अर्ब ६ करोड ८३ लाख रुपैयाँ र पुँजीगततर्फ ५३.३० प्रतिशत अर्थात २ अर्व ३६ करोड ४ लाख स्थानीय बिकास अधिकारी बिश्व प्रकाश अर्यालले बताए ।

उनले यो बजेट जिविस आफै र बन तथा वाताबरण, पुर्वाधार, सामाजीक बिकास र आर्थिक बिकास समिती मार्फत खर्च हुने बताए ।
जिविसको कार्यालय तर्फ कुल बजेट ९९ करोड १६ लाख ६४ हजार मध्ये बिभिन्न लक्षित बर्ग तथा पुर्वाधार तथा सामाजीक सुरक्षा समेतमा खर्च गर्ने छ ।

जसमा आगामी आर्थिक बर्षको लागी चालु तर्फ ४० करोड ५१ लाख १ हजार र पुजिगत तर्फ ५८ करोड ५९ लाख ६३ हजार प्रस्ताव गरीएको छ ।
यसमा जिवीसले पुर्वाधार, महीला, बालबालीका, अन्य लक्षीत, कृषर्ी बिकास, सामाजीक सुरक्षा, सामाजीक परिचालन र वातावरण तर्फ खर्च गर्ने छ ।

२२ औ जिल्ला परिषदमा जिविसले आगामी आर्थिक बर्षमा अवलम्वन गरीने निती तथा कार्यक्रममा जिल्ला भित्रका सडक मर्मत, एक गाउँ एक उत्पादन, एक गाउँ एक उद्यान, एक नगर अनेक उद्यान जस्ता कार्यक्रमलाई बिषेस महत्व दिईने उल्लेख छ ।

यस्तै जिल्लाको सभांवनालाई सम्वृद्धिमा बदल्दै ब्यबस्थित एवं दिगो बिकासकालागी ५ बर्षे आवधिक योजना तयार गरी कार्यान्वय गरीने, भारी यान्त्रीक उपकरण प्रयोग गरी नदीजन्य पदार्थ निकाल्ने कार्यलाई पुर्ण रुपमा निषेध गरीने, दण्ड र पुरस्कारको नितीलाई अवलम्वन गर्दै जिल्लामा बिभीन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्था, ब्यक्ती तथा कर्मचारीलाई पुरस्कृत गर्ने निती पनि जिवीसले अवलम्वन गर्ने भएको छ ।

त्यस्तै योजना सचांलन गर्ने सन्दर्भमा तोकीएको समयमै कार्य सम्पन्न गराई आन्तरीक स्रोतका योजना समेत सोही आर्थिक बर्ष भित्रै फ्रीज हुने ब्यबस्थालाई निरन्तरा दिईएको छ ।

बिद्यालय स्तरमा खानेपानी सुविधा, सरसफाई एवं सौचालय निमार्ण कार्यलाई प्राथमीकताका साथ कार्यक्रम सचांलन गरीने स्थानीय बिकास अधीकारी अर्यालले बताए ।

पाल्पाको बजेट चार अर्ब बढी

त्यस्तै,  जिल्ला विकास समिति पाल्पाको २३औँ जिल्ल परिषद् बैठकले आव २०७२/७३ को पाल्पा जिल्लाको समष्टिगत विकास लागि चार अर्ब ९६ करोड ६० लाख रूपैयाँ प्रस्तावित गरिएको छ ।

जिविस पाल्पाका स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डेयले कुल बजेटमध्ये चालु तथा सञ्चालनतर्फ ६६ करोड ४५ लाख रूपैयाँ र पुँजीगतर्फ ४ अर्ब ३० करोड १७ लाख रूपैयाँ रहेको बताए ।

कुल बजेटमध्ये स्थानीय निकायतर्फ ९३ करोड १३ लाख रूपैयाँ बजेट छ भने जिल्लाका सरकार कार्यालयतर्फको बजेट तीन अर्ब ७७ करोड २५ लाख रूपैयाँ रहेको छ ।

गैरसरकारी कार्यालयतर्फ २६ करोड १७ लाख रूपैयाँ बजेट प्रस्ताव गरिएको छ । २३औँ जिल्ला परिषद्मा जिल्ला विकास समिति पाल्पाले आव २०७२/७३ वार्षिक नीति, बजेट तथा कार्यक्रम स्थानीय विकास अधिकारी पाण्डेयले प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment