Comments Add Comment

मोबाइल मेलामा फोर्डको इ-बाइक

e-byke

स्पेनका बार्सिलोनामा चलिरहेको मोबाइल वल्र्ड कंग्रेसमा विश्वका मोबाइल फोन उत्पादक कम्पनीहरुबीच आ-आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्ने होडबाजी चलिरहेका बेला मोटर उत्पादक कम्पनी फोर्डले भने इ-बाइक अर्थात् विद्युतिय साइकल सार्वजनिक गरेको छ ।

कार बजारमा प्रभुत्व स्थापित गर्न सफल फोर्डले आफ्नो फुटपि्रन्टलाई कारको दुनियाभन्दा बाहिर समेत विस्तार गर्ने योजना मुताविक विद्युतिय साइकल सार्वजनिक गरेको हो ।

गाडी निर्माताहरु स्मार्ट परिवहनको निर्माणतर्फ आकषिर्त भैरहेका बेला फोर्डले दुइ स्वरुपमा इ बाइक ल्याएको छ । त्यसमध्ये एउटा सर्वसाधारण बटुवाहरुको लागि लक्षित गरिएको छ भने अर्को व्यवसायिक प्रयोजनका लागि ।

दुवै इ-बाइकहरु स्मार्टफोन एपसँग आबद्ध गरिएको छ जसमार्फत हरेक चरणमा बाइकलाई कुन दिशामा गुड्ने भन्ने मार्गनिर्देश प्राप्त हुन्छ ।

यस्ता साइकलहरुलाई कसरी कार तथा सार्वज्निक परिवहन सँग एकिकृत गर्न सकिन्छ भन्ने अध्ययन समेत गर्नका लागि फोर्डले आफ्नो स्मार्ट मोबिलिटी प्लान अन्तरगत इ बाइकलाई परीक्षणको रुपमा उत्पादन गरेको बीबीसीले जनाएको छ ।

फोर्डको रिसर्च एण्ड एडभान्स इन्जिनियरिङका उपाध्यक्ष केन वासिंटन भन्छन्, ‘सहरमा घुम्नका लागि धेरै विकल्प छन् तर अहिलेको वास्तविक आवश्यकता भनेको सम्पूर्ण परिवनका विकल्पलाई कसरी एकसाथ जोड्न सकिन्छ भन्ने हो ।’

फोर्डको इ बाइकमा २ सय वाटको मोटर, ९ एम्पियर आवरको ब्याट्री रहेको छ । यो बाइक प्रतिघण्टा २५ किलोमिटर सम्म कुँद्न सक्छ । यसको अर्को मुख्य विशेषता भनेको यसलाई फोल्ड गरेर समेत राख्न सकिन्छ काम नभएको बेला ।

यो बाइकमा पछाडि फर्किएको सेन्सर समेत छ जसले कुनै गाडिले उक्त बाइकलाई ओभरटेक गर्न लाग्यो भने चालकलाई चेतानवीमूलक सन्देश प्रवाह गर्छ । साथै सडकका अन्य सवारी साधनहरुलाई बत्ती बालेर आफ्नो उपस्थितिको संकेत समेत गर्दछ ।

यो इ बाइकलाई हरेक कदममा दिशानिर्देश गर्ने एक हालका लागि आइफोन सिक्समा मात्र उपलब्ध रहेको बताइएको छ । जसले प्रयोगकर्तालाई उसको यात्राका हरेक कदममा दिशानिर्देश गर्दछ । यसले रुटको बारेमा जानकारी दिने, रेल लगायतका अन्य परिवहनको अवस्थाका विषयमा समेत सूचना दिने काम गर्छ । साथै ब्लुटुथ हेडसेट मार्फत इ बाइक चालकलाई दायाँ वा बाँया कता मोडिने भन्ने विषयमा समेत सूचना दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment