Comments Add Comment

कट्रिना छाडेर दीपिकातिर लागे सलमान, पहिलोपटक अनस्क्रिन रोमान्स

Salman-Deepika

सललमान खानलाई कट्रिना कैफका गडफादर नै भन्दा पनि फरक पर्दैन् । यीनै सलमान हुन जसले कट्रिनालाई बलिउडको करिय संर्घषमा हात दिए र डोर्‍याउँदै यहाँसम्म पुर्‍याए ।

कुनै बेला यो जोडी डेटिङमा मस्त थियो । पछिल्ला बर्षहरुमा कट्रिनाले आफ्नो दील सुटुक्क रणवीर कपुरलाई सुम्पिए पनि सलमानको मन खाने नायिका कट्रिना नै हुन् । त्यसैले त उनले पछिल्ला फिल्महरुमा कट्रिनाको साथ छाडेका छैनन् ।

तर, अब सलमानले आफ्नो मन कटि्रनातिर हैन, दीपिकातिर मोडिदिएका छन् । सलमान र दीपिकाको अनस्क्रिन रोमान्स हेर्न चाहाने फ्यानलाई खुसीको खवर छ । पहिलोपटक सलमान र दीपिकाले स्क्रिन सेयर गर्दैछन् ।

अलि अब्बास जफरको निर्देशनमा बन्न लागेको फिल्म सुल्तानको अपोजिटमा अब दीपिका पादुकोण देखिने भएकी छिन् । यसअघि सो फिल्ममा कट्रिना कैफलाई लिने चर्चा थियो ।

सलमानको यही बर्ष दुईवटा फिल्म आउँदैछन् । बजिरंग भाइजानको सुटिङ सकिएको छ भने प्रेम रतन धनपाओको सुटिङ जारी छ । त्यसपछि सलमान सुल्तानको काममा लाग्ने बताइएको छ ।

दीपिका फिल्म उद्योगमा आएको झण्डै आठ बर्ष बितिसकेको छ । सुरुमै सुपरहिट सिनेमा दिएकी दीपिकाले धेरै फिल्म शाहरुख खानसँग खेलिन र ती हिट पनि भए । तर, अहिलेसम्म सलमान र दीपिकाले स्त्रिmन सेयर गर्ने साइत जुरेको थिएन् ।

यसअघि करण जोहरकेा फिल्म शुद्धिमा यो जोडीले सँगै काम गर्ने सम्भावना बढेको थियो । किक र प्रेम रतन धन पाओमा पनि सलमानले दीपिकालाई अफर गरेका थिए । तर, दीपिकाले यी तिनै फिल्ममा समय अभाव देखाउँदै काम गरिनन् ।

अब भने सलमानको होम प्रोडक्सनको फिल्म सुल्तानमा दीपिका र सलमानले स्क्रिन सेयर गर्नेछन् । शाहरुख-दीपिका वा सलमान कट्रिनाको जस्तै सलमान-दीपिकाको जोडी जम्ने नजम्ने दर्शकको हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment