Comments Add Comment

युट्युबले किन गुउमाँदैछ आम्दानी ? गुगलका लागि बन्दैछ घाँडो !

you-tube-logo

एक अर्ब भन्दा बढि दर्शक हुँदाहुँदै पनि यु ट्युब सोँचेजस्तो पैसा कमाउन असमर्थ भएको छ ।

गुगलले नौ वर्षअघि १ अर्ब ७० करोड डलर खर्च गरेर खरीद गरेको अनलाइन टेलिभिजन वेबसाइट यु ट्युबबाट गुगलले सोँचेजस्तो आम्दानी गर्न सकेको छैन ।

सन् २०१४ मा यु ट्युबले जम्मा ४ अर्ब डलर मात्र राजश्व आम्दानी गरेको छ । जुन अधिल्लो वर्षको तुलनामा १ अर्ब डलरले बढि हो ।

अघिल्लो वर्षको गुगलको सामाग्री बिक्रिको ६ प्रतिशत हिस्सा यु ट्युबले ओगटेको भएपनि यसले गुगलको कुल कमाइमा भने खासै योगदान गर्न सकेन ।

विश्लेषकहरुका अनुसार यु ट्युबमा ठूलो परिमाणमा ‘जंक’ हुने र धेरै युवा प्रयोगकर्ताले यु ट्युबका विज्ञापनहरु हेरेर सामान खरीद नगर्ने भएकाले यु ट्युबले प्रयोगकर्ताको अनुपातमा कमाइ गर्न असमर्थ भएको हो ।

गुगलले यु ट्युबका लागि ठूलो संरचनागत खर्च ग्र्ने गरेको छ र वर्षेनी ३ अर्ब ८० करोड डलर यु ट्युबकै लागि खर्च हुने गर्दछ ।

वालस्ट्रिट जर्नलको रिपोर्टले दुनियाको सबैभन्दा ठूलो वेबसाइट हुँदाहुँदै पनि इन्टरनेटबाट कमाइ गर्न कति गाह्रो हुँदोरहेछ भन्ने कुरा प्रकाश पारेको छ ।

यद्यपि अनलाइन टेलिभिजन तथा फिल्म सर्भिस कम्पनी नेटफि्लक्सले भने सन् २०१४ को अन्तिम त्रैमासिकमा ८ करोड १० लाख डलर नाफा कमाएर अपवाद बनेको छ ।

धेरै मापदण्डहरुबाट यु ट्युबले ठूलो सफलता हात पारेको तथ्यांकले देखाएको छ । यु ट्युबमा गंगनम स्टाइल भिडियो २ अर्ब भन्दा बढिले हेरेका छन् तर अहिले यु ट्युबलाई अमेजन लगायतका अनलाइन स्टि्रमिङ वेबसाइटहरुले गम्भीरु चुनौति दिइरहेका छन् ।

डेलीमेलका अनुसार गुगलले प्रयोगकर्तालाई सिधै यु ट्युबमा आकषिर्त गर्न समेत सकिरहेको छैन । अन्य वेबसाइटमा दिइने लिंक तथा इम्बेडेड भिडियोहरुमार्फत मानिसहरुले यु ट्युबमा प्रवेश गरिरहेका छन् । गुगलले मानिसहरुले टेलिभिजन खोलेजस्तै गरी सिधै यु ट्युब च्यानलमा गएर चाहिएको सामाग्री हेरुन् भन्नका लागि मेहेनत गरिरहेको छ ।

यु ट्युबले अमेरिकामा त्यहाँको फुटबल प्रतियोगिताको प्रशारण अधिकार खरीद गरी त्यसलाई यु ट्युबमार्फत प्रत्यक्ष प्रशारण समेत गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment