Comments Add Comment

नेपाल-भारत मैत्री र्‍यालीको दोश्रो चरण सुरु (फोटो फिचरसहित)

२१ फागुन, काठमाडौं । ‘फर नेचर, एडभेन्चर एन्ड कल्चर’ भन्ने नाराका साथ सञ्चालित इन्डो-नेपाल मैत्री मोटर र्‍यालीको दोश्रो चरण बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको प्राङ्गणबाट सुरु भएको छ ।

INDO Moter Rally (17)र्‍यालीको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र नेपालका लागि भारतका राजदूतले संयुक्त उदघाटन गरे । २५ गाडीमा चालक, नेभिगेटर, मेकानिक्स तथा मिडियाकर्मी गरी ८३ सदस्यीय टोली र्‍यालीमा सहभागी छन् ।

र्‍याली पोखरा, लुम्विनी, धनगढी, महेन्द्रनगर हुँदै भारतको नयाँदिल्लीस्थित इन्डिया गेटमा पुगेपछि मार्च ८ तारिखमा औपचारिक रुपमा सम्पन्न हुनेछ ।

नेपाल अटोमोबाइल्स स्पोर्ट्स एसोसिएसन (नासा) तथा भारतको कालिङगा मोटर स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित र्‍यालीको पहिलो चरण फेब्रुअरी २७ तारिखमा भारतको उडिसास्थित पुरीबाट सुरु भइ जोगबनी नाकाबाट नेपालको विभिन्न भाग परिक्रमा गर्दै गत मंगलबार धुलिखेलमा आएर सकिएको थियो ।

INDO Moter Rally  (13)INDO Moter Rally

INDO Moter Rally (15)

INDO Moter Rally really (21)

INDO Moter Rally really  (6)INDO Moter Rally (8)

really  (10)  INDO NEPAL MOTER rally  (12)तस्वीर : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment