Comments Add Comment

म भारतीय सहयोग खोज्न आएको हैन : बाबुराम

baburam-bhattaraiFINAL
२१, फागुन, काठमाडौं । एमाओवादी नेता डा. बाबुराम भट्टराईले आफू कुनै सहयोग माग्न भारत नगएको बताएका छन् । डा. भट्टराईले नेपालको परिस्थितिबारे भारतीय नेताहरुलाई अपडेट गराउन र आफू पनि भारतको बदिलिँदो राजनीतिबारे अपडेट हुनका लागि दिल्ली पुगेको बताएका छन् ।

भारत भ्रमणमा रहँदा डा. भट्टराईले इकोनोमिक टाइम्सलाई दिएको अन्तरवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विषयमा तपाईंको धारणा के हो ?

प्रधानमन्त्री मोदी अघिल्ला सरकारहरुभन्दा केही फरक देखिएका छन् । जसरी मोदीले भारत सरकारको नेतृत्व गरिरहेका छन् र नेपालसहित दक्षिण एशियाली मुलुकहरुसँग सम्वाद र सहकार्य गरिरहेका छन्, त्यस मानेमा उनी फरक देखिएका छन् ।

पछिल्ला एक वर्षमा मोदीले नेपालसहित छिमेकी मुलुकहरुसँग गहिरो सम्वाद र अन्तरक्रिया गरिरहेका छन् त्यसले नेपाल भारत सम्बन्धसहित पूरै दक्षिण एशियाली राम्रो भएको छ ।

नेपाल एक सार्वभौम मुलुक हो । नेपालसँग बराबरीको हैसियतमा व्यवहार हुनु जरुरी छ भन्ने मोदीको भनाइलाई सकारात्मक रुपमा लिएका छौं ।

नेपालको राजनीतिक जटिलता अन्त्यका लागि तपाईंले भारतबाट कस्तोखालको राजनीतिक सहयोगको अपेक्षा गर्नुभएको छ ?

म यहाँ भारतीय सहयोग खोज्न आएको हैन । भारतमा भइरहेको राजनीतिक परिर्वतनको अनुभूति गर्न र अपडेट हुन चाहेको थिएँ ।

निश्चितरुपमा नेपालको शान्ति प्रकृया निष्र्कषमा पुग्दा र संविधान बन्दा नै भारतको हित हुन्छ । यदि नेपालको शान्ति प्रकृया धरापमा पर्‍यो भने त्यो भारतको हित अनुकुल हुँदैन ।

नेपालमा के भइरहेको छ भन्नेबारे मैले यहाँका नेताहरुलाई अपडेट गराउन चाहेको थिएँ । यस विषयमा उहाँहरुको धारणा जान्न चाहेको थिएँ ।

के अहिले नेपालमा भइरहेको बिरोध प्रर्दशन जनआन्दोलन ३ मा रुपान्तर हुने देख्नुहुन्छ ?

हो, अहिले सरकारमा रहेकाहरुले जसरी संविधानसभालाई फगत संसदमा रुपान्तर गर्ने कोसिस गरिरहेका छन्, त्यसविरुद्ध अहिले भइरहेको आन्दोलन जनआन्दोलन ३ को रुप लिन सक्छ ।

संबिधानसभाबाट संबिधान बनाउने ऐतिहाँसिक सम्झौता, सहमति र अन्तराष्ट्रिय प्रचलनलाई लत्याउँदै उनीहरु अगाडि बढिरहेका छन् । यदि यो साताको अन्तिमसम्म सरकारले सम्बादका लागि पहल गरेन भने एमाओवादी नेतृत्वको मोर्चाले तीन चरणको आन्दोलन घोषणा गर्ने छ ।

एमाओवादीले भारतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुको कारण के हो ?

एकाधिकारवादी पुँजीवादीहरुको कुनै राष्ट्रियता हुँदैन, उनीहरुलाई जहाँ राम्रो नाफा हुन्छ, त्यहीं लगानी विस्तार गर्छन् र स्थानीयको शोषण गर्छन् । चाहे त्यो भारतीय, नेपाली वा अमेरिकी किन नहोस् ।

हामी त्यही एकाधिकारवादी पूँजीवादी शोषणको विरोधमा छौं । अझै पनि हामी त्यस्तो एकाधिकारबादी पूँजीवादी भारतीय तप्काको बिरोधमा छौं । तर, पछिल्लो दिनमा कुटनीतिक माध्यमबाट यस्ता समस्याहरु समाधान भइरहेका छन्, हामी सरकारमा भएका बेला यसका लागि कोसिस भए । त्यसैले त्यो अवस्था परिवर्तन भएको हो, शोषणको परिवर्तन भएको हैन ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग पनि भेट भएछ, के विषयमा कुराकानी भयो ?

वैकल्पिक राजनीतिलाई प्रर्वद्धन गर्ने विषयमा हामी दुबैजनाले आ-आफ्ना बिचार आदान प्रदान गर्‍यौं । पछिल्ला दिनमा भ्रष्टाचार निकै बढ्न थालेको छ र राजनीतिको छवि जनविरोधी बन्दै गएको छ । यस्तो अवस्थामा कसरी लोकतन्त्रलाई संस्थागत गर्ने र सुशासन सुनिश्चित गर्ने ? हामीले नेपालमा यो विषय उठाइरहेका छौं, यिनै विषयमा हामीले कुराकानी गर्‍यौं ।

यो हाम्रो पहिलो भेट हो । पहिलो भेटमै मलाई लाग्यो- उहाँ आम जनताकै मुख्य मन्त्री हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment