Comments Add Comment

भारतबाट आइपुग्यो विशेष जहाज (तस्वीर सहित)

INDIAN-AIRFORCE-4२१ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गमा दुर्घटना भएको टर्किस एयरलाइन्सको विमानलाई पन्छाउन भारतीय सेनाको विशेष जहाज विहीबार दिउँसो काठमाडौं आइपुगेको छ ।

विशेष उपकरणसहित नेपाल आएको खरानी रङको सो जहाजले धावनमार्गमा अडि्कएको टर्किस एयरलाईन्सको विमानलाई उद्धार गर्ने छ । भारतीय विमान टर्किस विमानकै छेउमा ल्याण्ड गरिएको छ ।

विमान हटाउन कति समय लाग्छ भन्ने अधिकारीहरूले बताएका छैनन् । पाँच बजेपछि विमानस्थल खुल्ला गर्ने भनिए पनि अझै अन्योल छ ।

छोटो रनवेमा पनि अवतरण गर्न सक्ने सो जहाज विहान ११ बजे काठमाडौं आइपुग्ने भनिए पनि दिउँसो १ बजेतिर मात्रै अवतरण गरेको थियो । दिउँसो १ बजे आइपुगेको भारतीय विमानबाट उद्धारका उपकरणहरु झिक्न थालिएको छ ।

INDIAN-AIRFORCEनागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले २ लाख ५० हजार किलो गह्रुङ्गो टर्किस एयरलाइन्सको दुर्घटनाग्रस्त विमानलाई पन्छाएर अन्तराष्ट्रिय उडान तथा अवतरण सुरु गर्ने योजना रहेको बताए ।

टर्किस एयरलाइन्सको विमान बुधबार विहान अवतरणको क्रममा धावनमार्गभन्दा बाहिर गएर दुर्घटना भएको थियो । विमानमा सवार सबै २ सय २३ जना यात्रुहरुलाई सकुशल उद्धार गरिएको थियो ।

(यो पनि पढ्नुहोस् : यात्रुको संस्मरण : पाइलट महान छन्, जसले हामीलाई बचाए)

विमानको अगाडिको भाग जमिनमा जोतिएको छ भने पखेटाले धावनमार्गको केहीभाग छेकेको छ ।

धावनमार्ग छेकिएपछि हिजो विहानदेखि सबै अन्तराष्ट्रिय उडान-अवतरण ठप्प भएका छन् । उडान अवतरण बन्द भएपछि विदेश जान लागेका यात्रुहरु अलपत्र परेका छन् ।

INDIAN-AIRFORCE-2INDIAN-AIRFORCE-3INDIAN-AIRFORCE-5

Airforce

तस्वीरहरु : श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment