Comments Add Comment

कर्मचारीले तामाकोशीको सेयर चैत १५ सम्म भर्न पाउने

Tamakoshi-Hydropower२१ फागुन, काठमाडौ । सरकारी सेवामा कार्यरत कर्मचारीहरुले ४ सय ५६ मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो तामाकोशी हाइड्रोपावरकोे सेयरमा आगामी चैत १५ गतेसम्म आवेदन दिन पाउने भएका छन ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले कम्पनीले छिटोमा फागुन २५ र ढिलोमा चैत १५ सम्म आवेदन दिन पाउने जनाएको छ ।

तामाकोशीले पहिलो चरणमा कम्पनीमा कार्यरत तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी , कर्मचारी संचयकोषको संचयकर्ता र क्रण प्रदान गर्ने संस्थाको कर्मचारीलाई यही फागुन ११ देखी सेयर निस्कासन गरेको थियो ।

७५ जिल्लाका सबै सहभागीलाई समेट्ने उद्देश्यले सेयरको दरखास्त बुझाउने समय थप गरिएको कोषका सूचना अधिकृत उदव सिलवालले जानकारी दिए । सिलवालका अनुसार दोलखा जिल्ला वासीको लागि १ चैत देखी सेयर निस्कासन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment