Comments Add Comment

किसानलाई तरकारी खेतीका लागि छत्तीस लाख अनुदान

न२१ फागुन, चितवन । चितवनमा व्यावसायिक तरकारीखेतीको विकासका लागि ६० जना किसानले ३६ लाख रूपैयाँ अनुदान पाएका छन् ।

प्रतिकिसान रु ६० हजारका दरले अनुदान उपलब्ध गराएको जिल्ला कृषि विकास कार्यालय चितवनले जानकारी दिएको छ । पहिलो किस्ता बराबरको रु ३० हजार रुपैयाँ उनीहरुलाई दिई सकिएको र दोस्रो किस्ता तरकारीखेती गरेपछि विरतण गरिने कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिए ।

तरकारीखेतीका लागि अनुदान पाएका काउलेका पञ्चबहादुर चेपाङले आफूलाई यो सहयोगले तरकारीखेतीका लागि हौसला मिलेको बताए । अनुदान पाउनेमा तीनजना चेपाङसमेत रहेका छन् ।

युवा विदेश पलायनलाई रोक्न प्रोत्साहनस्वरुप किसानलाई अनुदान रकम दिएको कृषि कार्यालयले जनाएको छ । किसानलाई रकम दिनुअघि कार्यालयले व्यावसायिक तरकारीखेतीसम्बन्धी तालिम समेत दिएको थियो । अनुदान रकम पाउनका लागि न्यूनतम एक बिगाहा क्षेत्रमा तरकारीखेती गर्नुपर्ने कृषि कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment