Comments Add Comment

विमानस्थल शुक्रबार बिहान १० बजेसम्म नखुल्ने

Airport-ma-Alapatra-3

  • उडान अवतरण ठप्प भएपछि विमानस्थलमा अलपत्र परेका यात्रुहरु

२१ फागुन, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय उडान तथा अवतरण शुक्रबार बिहान १० बजेसम्म नखुल्ने भएको छ ।

यसले हजारौं हवाइ यात्रु प्रभावित भएका छन् । बिहीबार पनि विमानस्थलमा थुपै यात्रुहरु पुगेका थिए । तर, निराश भएर फर्किएका छन् ।

बुधबार विहान टर्किस एयरलाइन्सको विमान धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटना भएपछि नेपालको अन्तराष्ट्रिय हवाइ यातायात अवरुद्ध भएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले बिहीबार चार बजे उडान सुचारु हुने बताएको थियो । तर, भारतबाट आएको प्राविधिक टोलीले दुर्घटनाग्रस्त टर्किस जहाज हटाउन समय लाग्ने बताएपछि शुक्रबार विहानसम्म विमानस्थल बन्द गरिएको छ ।

‘विहान प्राविधिक टोली आउँछ र दिनभरी काम गरेर बेलुकासम्म धावन मार्ग खाली गर्छ भन्ने हामीलाई थियो,’ प्राधिकरणका महानिर्देशक रतिस चन्द्रलाल सुमनले भने-‘तर, विशेष कारण प्राविधिक टोली ढिलो आइपुग्दा निर्धारित समयमा उडान सुरु गर्न सकिएन ।’

इन्डियन एयरफोर्सको जहाजमा ‘एयरक्राफ्ट रिमुभल किट’ सहित दिउँसो एक बजे काठमाडौं आएको प्राविधिक टोलीले धावन मार्गबाट जहाज हटाउने प्रयास गरिरहेको छ ।
भारतबाट प्राविधिक टोली बिहान ८ बजे आउने भनिए पनि ५ घण्टा ढिलो गरेर काठमाडौं आइपुगेको थियो ।

चार बजेबाट विमानस्थल खुल्ने बताएपछि बेलुका फ्लाइट भएका यात्रुहरु विमानस्थलमा पुगेका थिए । केही भने अन्तराष्ट्रिय उडान अवरुद्ध भएकोबारे बेखवर थिए ।

प्रारम्भिक अध्ययनबाट प्राविधिक टोलीले शुक्रबार बिहानसम्म जहाज हटाउन सकिने बताएको छ । ‘जहाज ४ घण्टामा हटाउन पनि सकिन्छ, २४ घण्टा पनि लाग्न सक्छ,’ महानिर्देशक सुमनले भने-‘काम गर्दै जाँदा कति समय लाग्छ, अहिले नै यसै भन्न सकिँदैन, अपेक्षा गरौं भोली शुक्रबाररसम्म धावनमार्ग खाली हुन्छ ।’

दुई दिनमा डेढ सय उडान अवतरण अवरुद्ध

दुई दिन विमानस्थल बन्द हुँदा डेढ सय भन्दा बढी उडान अवतरण अवरुद्ध भएको बताइएको छ । विभिन्न गन्तव्यमा दैनिक ३५ देखि ४० वटा अन्तर्राष्ट्रिय उडान हुने गरेको हुँदा एकै दिन १५ हजार भन्दा बढी यात्रु मर्कामा पर्छन् । दुई दिन एक विहानमा गरेर ३५/४० हजार यात्रु मर्कामा पर्ने निश्चित देखिएको छ ।

भारतीय विशेष विमान फिर्ता

रिमुभल किटसहित प्राविधि बोकेर आएको इन्डियन एयरफोर्सको जहाज पनि बिहीबार नै फर्किएको छ । प्राविधिक टोली र विशेष उपकरणसहित भारतीय सेनाको विशेष विमान विहीबार दिउँसो एक बजे काठमाडौं आएको थियो ।

जेट एयरवेज रित्तै फर्कियो

जहाज दुर्घटना हुनु अगाडि विमानस्थलमा रहेको जेट एयरवेज विमानस्थल खुल्न समय लाग्ने भएपछि रित्तै फर्किएको छ । यात्रुसहितको जहाज उडाउन ५ हजार फिटको धावनमार्ग पर्याप्त नहुने हुँदा खाली गएको महानिर्देशक सुमनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment