Comments Add Comment

विश्वका टप ब्याटसम्यान भन्दा शाइमन अनवर अगाडि

कुमारा सांगाकारले लगातार दुई शतक बनाए । क्रिस गेलले दोहोरो शतकसँग २१५ रन बनाएर कीर्तिमान राखे । एबी डिभिलियर्सले मात्र ६६ बलमा १६२ रन बनाए ।

तर, उनीहरु विश्कप २०१५ मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान उनीहरु होइनन् । २७ खेल सकिँदासम्म यूएईका साइमन अनवरले सवार्धिक रन बनाएका छन् ।

Shaiman-Anwar

उनी चार खेलबाट २७० रनका साथ सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीको शीर्ष स्थानमा छ । अझ रोचक त के छ भने उनकै टीमले एक खेल पनि जित सकेको छैन ।

श्रीलंकाका कुमार सांगाकारले २६८ र वेष्ट इण्डिजका क्रिस गेलले २५८ रन बनाएका छन् ।

एक शतक र दुई अर्धशतक बनाएका अनवरले चार खेलमा ६७.५० को औसतमा रन बनाएका छन् । उनको उच्च स्कोर आयरल्याण्ड विरुद्धको १०६ रन हो । चार खेलमा उनको स्ट्राइक रेट १०० छ ।

यूएईका कप्तान मोहम्मद तौकीरले भने-‘अनवरले टीममा राम्रो गरिरहेका छन् र व्यक्तिगत रुपमा उनी निकै आत्मविश्वासी छन् । त्यसैले हामी उनलाई ड्रेसिङ रुपमा ‘सर भीभ’ भनेर बोलाउँछौं र त्यो उनको उपनाम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment