Comments Add Comment

वैशाखभित्रै बजेट पेश गर्न अर्थमन्त्रीको निर्देशन

Arthamantri२१ फागुन काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले आर्थिक बर्ष आगामी आर्थिक वर्ष २०७२/०७३ को बजेट बैशाखभित्र पेश गर्ने गरी मन्त्रालयस्तरीय तयारी गर्न अर्थ मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार अर्थमन्त्रालयमा अन्तर्गतका कर्मचारीहरुलाई बोलाएर महतले यस्तो निर्देशन दिए । सो अवसरमा उनले हाल शुरु गरिएका विकास निर्माण तथा पूर्वाधारका कामहरुलाई पूरा गर्दै जाने सोचका साथ आगामी आर्थिक बर्षको बजेट निर्माण गर्ने अवधारणा सुनाए ।

‘शीघ्र बजेट भनेर जहिले पनि भन्ने तर प्रस्तुत गर्ने समय असारमा नै पुग्ने गरेको र विकास निर्माणका कामहरुको खर्च हुन नसकिरहेको अवस्था छ । अहिले फेरि मन्त्रालयको तर्फबाट हामीले वैशाखभित्रै बजेट प्रस्तुत गर्ने तयारी अवस्थामा रहनुपर्छ । हाम्रो प्रयास शीघ्र बजेट प्रस्तुत गर्नेमा हुनुपर्छ ।’ महतले भने ।

उनले बजेट निर्माणमा कार्यसूची बनाएरै तयारीका कामहरु अगाडि बढाउनुपर्नेमा जोड दिए । अन्य मन्त्रालयसँग कार्यक्रम र बजेटको प्रस्ताव माग्न पनि निर्देशन दिए । जथाभावी कार्यक्रमहरु समावेश नगर्न र संभाब्यता अध्ययन भैसकेका र कार्यान्वयनमा आउन योग्य कार्यक्रम अगाघि बढाउनुपर्ने बताए ।

‘टुक्रे कार्यक्रमहरुलाई बजेटमा धेरै ठाउँ नदिनुहोस ।’ महतले भने । काठमाडौ र तराईलाई जोड्ने द्रतमार्गको सम्झौता अगाडि बढाउनुपर्ने भन्दै उनले सम्झौता सफल नभए सरकार आफैले पनि यो काम गपर्ने बताए ।

त्यस्तै, विकास निर्माणका लागि छुट्याएको बजेट निकासामा अर्थमन्त्रालयको तर्फबाट कुनै ढिलाई नगर्न भन्दै खर्च हुन सके नसकेको निगरानी गर्न निर्देशन दिए ।

राजस्व असूलीको लक्ष्य पुग्ने भएपनि भ्याट इन्फोर्समेन्टलाई तिब्रता दिन महतको निर्देशन छ । उनले आर्थिक सुधारसँग सम्वन्धित कानूनहरुलाई हिउँदे अधिवेशनमा प्रस्तुत गर्नेगरी सम्पन्न गर्न र अन्य मन्त्रालयहरुले सुझाल मागेका त्यस्ता विषयमा शीघ्र सुझाव प्रस्तुत गर्न पनि निर्देशन दिए ।

सो अवसरमा दिइएको जानकारी अनुसार आर्थिक सुधारसँग सम्वन्धित करिव एक दर्जन विधेयकहरु तयार भै संसदमा पुगिसकेका छन् । छलफलका क्रममा अर्थसचिव सुमनप्रसाद शर्मा, मन्त्रालय अन्तर्गतका सबै महाशाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment