Comments Add Comment

विश्वकै ‘जेठी’ले मनाइन् ११७ औँ जन्मदिन, यस्तो छ जिवनकथा (फोटो फिचरसहित)

विश्वकी सबैभन्दा पाको उमेरकी महिलाले आफ्नो १ सय १७ औँ बर्थडे मनाएकी छिन् । जापानको ओसाकाकी मिसाओ ओकावाले मार्च ५ मा आफ्नो १ सय १७ औँ जन्मदिन मनाएकी हुन् ।

World's-oldest-person-Misao-Okawa

दुनियाँमा औँलामा गन्न सकिने मान्छे मात्र बाँच्ने उमेरसम्म बाँच्न सफल भै किर्तिमान समेत कायम गरेकी मिसाओले आफ्नो जन्मदिनको दिन रोचक कुरा गर्न भ्याइन् । आफु दुनियाका निकै थोरैमात्र मानिस मात्र बाँच्ने उमेरसम्म हट्टाकट्टा नै भएर बाँच्न सफल हुँदा पनि उनलाई अझै जिवनको धित मरेको छैन । आफुलाई अझै आफ्नो जिन्दगी निकै छोटो भएजस्तो लाग्छ उनलाई ।

सन् १८९८ मार्च ५ मा जन्मिएकी मिसाओ सन् २०१३ मा दुनियाकै सबैभन्दा जेठी महिलाको रुपमा गिनिज बुकमा दर्ज भएकी हुन् । उनी जन्मिँदाकै वर्ष म्याडम क्युरी दम्पतिले रेडियम तत्व पत्ता लगाएका थिए ।

आफु यति लामो उमेरसम्म के कारणले बाँच्न सफल भएँ भन्ने कुरा उनलाई थाहा छैन । तर दैनिक ८ घण्टा सुत्ने, माछा खाने र खेल खेल्ने कारणले आफु स्वस्थ रहन सकेको उनको अनुभव छ ।

World's-oldest-person-Misao-Okawa-1

उनको १ सय १७ औँ जन्मगाँठ समारोहामा सरकारी अधिकारीहरु नै सहभागी भए । सरकारी अधिकारीहरुले कस्तो लागिरहेको छ ? भनेर सोध्दा उनले आफु निकै खुसी रहेको तर आफुलाई आफ्नो जिवन निकै छोटो जस्तो लागिरहेको बताएर सबैलाई आश्चर्यमा पारिन् ।

हालैका दिनहरुमा उनी केही सुस्ताएकी जस्तै भएकी छिन् । कान पनि कम सुन्न थालेकी छिन् । तर खानपिन र अरु स्वास्थ्य भने ठीक छ ।

सन् १९१९ मा बिहे गरेकी उनका दुइ छोरी र एक छोरा जन्मिए । आफ्नो जिवनको सबैभन्दा खुसीको क्षण बिहे र बच्चा पाउँदा रहेको उनको अनुभव छ । उनका तिन सन्तान मध्ये एक छोरा र एक छोरी अहिलेपनि जिउँदै छन् । छोरा ९४ वर्षका तथा छोरी ९२ वर्षकी छिन् । उनका लोग्ने युकिओको भने सन् १९३१ मै मृत्यु भैसकेको थियो । उनका ४ जना नाति नातिना र ६ वटा पनाती पनातिना छन् ।

स्मरण रहोस् जापानमा सय वर्ष नाघेका मानिसहरुको संख्या बढ्दै गएको छ । त्यहाँ सय वर्ष नाघेका ५८ हजार वृद्धवृद्धा छन् जसमध्ये ८७ प्रतिशत महिला रहेका छन् । जापानमा महिलाको औषत उमेर ८६ वर्ष छ भने पुरुषको ७९.६ वर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment