Comments Add Comment

आर्मीसँग बदला लिँदै मनाङ फाइनलमा

२१ फागुन, काठमाडौं । नेपाल आर्मीलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब बुढासुब्बा गोलकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा आर्मीलाई २-१ ले हराउँदै मनाङ फाइनलमा मात्र पुगेन, बिराट गोल्डकपको सेमिफाइनलमा ब्यहोरेको हारको बदला लिएको छ । केही साता पहिलो बिराट गोल्डकपको सेमिफाइनलमा आर्मीले मनाङलाई टाइब्रेकरमा पराजित गरेको थियो ।

धरानस्थित एक्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीले पाँचौं मिनेटमा अमृत बस्नेतको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा मनाङ खेलमा फर्कियो । ५५ औं मिनेटमा डोडोजले बराबरी गोल फर्काए । खेलमा थप गोल हुन सकेन र ९० मिनेटको खेल १-१ को बराबरीमा सकियो ।

तर, थपिएको ३० मिनेटको सुरुवातमा नै मनाङ गोल गर्न सफल भयो । ९३ औं मिनेटमा सुलभ मास्केले गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए ।

खेलमा थप गोल हुन सकेन र मनाङ फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment