Comments Add Comment

हुवावेले ल्यायो तपाईले खोजेजस्तै गज्जबको स्मार्टवाच

HUAWEIPRESENTATION2-5

स्मार्टवाच पछिल्ला बर्षहरुमा प्रबिधि कम्पनीका लागि प्रतिस्पर्धाको नयाँ क्षेत्र बनेको छ । तर, अहिलेसम्म जति पनि स्मार्टवाच बजारमा आएका छन, तिनले घडीका शौखिन परम्परागत प्रयोगकर्तालाई खासै आर्कषिर्त गर्न सकेका छैनन् । महंगा स्वीस घडी प्रयोग गर्ने उच्च बर्गका प्रयोगकर्ताको ध्यान तान्ने गरी स्मार्टवाचले आफुलाई सावित गर्न सकेका छैनन् ।

यसको मुख्य कारण हो- डिजाइन र भब्यताको कमी । अहिलेसम्म आएका घडी मुलतः सानो आकारको कम्प्युटरजस्ता छन जसले केही सुबिधा त दिन्छन, तर प्रयोगकर्ताको ब्यक्तित्व बढाउने भब्यता दिन सक्दैनन् ।

एप्पल, सामसुङ, मोटोराला, एलजी लगायतका कम्पनीले बनाएका यस्ता स्मार्टवाच अहिले पनि परिक्षणकै रुपमा प्रयोगकर्ताले हेरिरहेका छन् । त्यसलाई अपनाउन सकिरहेका छैनन् ।

तर, पहिलोपटक स्मार्टवाच बजारमा प्रवेश गरेको चिनियाँ मोबाइल कम्पनी हुवावेले यी सवै परम्परालाई तोड्दै महंगा स्मार्टवाच प्रयोगकर्ताको ध्यान तान्ने कोसिस गरेको छ ।

बार्सिलोनामा हालै सम्पन्न ‘मोबाइल वर्ल्ड कंग्रेस’मा हुवावेले सार्वजनिक गरेको नयाँ स्मार्टवाच देखेर त्यहाँ सहभागी भएका प्रबिधि कम्पनीका अधिकारी, बिश्लेषक र प्रबिधि पत्रकार दंग परेका छन् ।

HUAWEIPRESENTATION-1

गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने यो स्मार्टवाच गोलाकार छ, जसले गर्दा तपाईले परम्परागत महंगा घडीको झल्को पाउन सक्नुहुन्छ । हुवावेका अनुसार बजारमा उपलब्ध स्मार्टवाचमध्ये हुवावेको नयाँ घडी सवैभन्दा छरितो डिजाइनको हो ।

हुवावेले परम्परागत घडीलेजस्तै स्यापसायर क्रिस्टल ग्लास प्रयोग गरेको छ । जसले गर्दा स्क्रिन स्क्र्याच प्रुफ छ । तर, अन्य प्रतिस्पर्धी कम्पनीले भने मोबाइलको स्क्रिनजस्तै गोरिला ग्लास प्रयोग गरिरहेका छन् ।

हुवावेको नयाँ घडी धातुको र लेदर दुवै खाले चेनमा उपलब्ध छ । डायलमा कालो, सुनौलो र चाँदी कलर अप्सनसहित झण्डै ४० थरीको डिजाइनमा हुवावे स्मार्टवाच बजारमा आउने छ ।

अन्य स्मार्टवाच झैं यसमा पनि प्रयोगकर्ताले एसएमएस पढ्न, इमेल प्राप्त गर्न, फोन कल नोटिफिकेसन प्राप्त गर्न र क्यालेन्डर हेर्न पाउँछन् ।

१.२ गिगाहर्जको क्वालकम प्रोसेसरयुक्त यो घडी एन्ड्रोइड ४.३ भर्सनभन्दा माथिका एन्ड्रोइड स्मार्टफोनसँग कनेक्ट भई काम गर्न सक्छ । यसमा ४ जीबी स्टोरेज, ५१२ एमबी र्‍याम रहेको छ । अन्य परम्परागत घडीमा ३ बजेको संकेतसँगै बटन हुन्थ्यो भने यसमा २ बजेको संकेतसँगै बटन राखिएको छ ।

OLYMPUS DIGITAL CAMERA

हुवावे वाचले फिटनेस ट्रयाकरको रुपमा पनि काम गर्छ । प्रयोगकर्ता दौडिइरहेको, साइकल चलाइरहेको वा सुतिरहेको छ भन्ने अबस्था पत्ता लगाई त्यसको रेकर्ड राख्दछ । प्रयोगकर्ताको कति क्यालोरी खर्च भयो, कति दूरी दौडियो र मुटुको धडकनको दर कति छ भन्नेसम्म जानकारी दिन्छ ।

हुवावेले जुन स्तरको डिजाइन र परम्परागत घडीको जस्तै सामाग्री प्रयोग गरेर स्मार्टवाच ल्याएको छ, त्यसले स्मार्टवाचको अहिलेसम्मको प्रतिस्पर्धामा नयाँ मानक बनाइदिएको छ । सँगै यसले घडीका परम्परागत शौखिन प्रयोगकर्तालाई समेत आर्कषिर्त गर्ने देखिन्छ ।

तीन महिनापछि बिक्रि सुरु हुने यो घडीको मूल्य झण्डै १ हजार अमेरिकी डलर पर्ने बताइएको छ ।

huawei-watch-hands-on-mwc-2015-g-1024x576

HUAWEIPRESENTATION2-6-640x360 HUAWEIPRESENTATION-13-640x360 husoft9870a

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment