Comments Add Comment

वातावरण प्रदुषणका कारण मानिसमा मोटोपन

fatचिल्लोयुक्त खाद्यपदार्थको अधिक सेवन मात्र होइन वातावरण प्रदुषणका कारण समेत मानिसमा मोटोपनाको खतरा बढ्ने एक अनुसन्धानले देखाएको छ ।

स्पेनको ग्रेनाडा विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार वातावरणमा रहेका कतिपयल प्रदुषक तत्वहरुले मानिसमा मोटोपना बढाउन महत्वपूर्ण भूमिका खेल्दछन् ।

प्रमुख शोधकर्ता जुआन प्रेडो एरेबोलाका अनुसार अध्ययनका क्रममा जुन मानिसको शरीरमा स्थायी जैविक प्रदुषक (पिओपी) को मात्रा अधिक पाइयो, उनीहरु मोटोपनाबाट समेत बढि ग्रसित भएको तथा सरीरमा कोलेस्ट्रोल वा ट्राइग्लिसेराइडको मात्रा समेत उच्च पाइएको छ ।

यी तत्वहरुले मानिसमा मुटुरोगको विकाश गर्नमा समेत महत्वपूर्ण भूमिका खेल्ने शोधकर्ताको भनाइ छ ।

अध्ययनका क्रममा ३ सय जना महिला तथा पुरषको सरीरको बोसोयुक्त तन्तु अर्थात् एडिपोज टिस्यु मा जम्मा भएको प्रदूषक तत्वको विश्लेषण गरिएको थियो ।

जैविक प्रदुषक अर्थात् पिओपी वातावरणमा उत्सर्जन भैसकेपछि दशकौँ सम्म नष्ट नभै विभिन्न पदार्थहरुमा जम्मा भएर रहेको हुन्छ । मानिसले खाद्यान्नको रुपमा प्रयोग गर्ने वनस्पतीहरुले माटोमा रहेका त्यस्ता प्रदुषकहरुलाई सोसेर लिने र ती प्रदुषकहरु फल वा बिउमा गएर जम्मा हुने गर्छन् । यसरी खाद्यपदार्थमा समेत यस्तो प्रदुषक तत्वहरु मिसावट हुने र सो खाद्यपदार्थ मानिसले खाँदा ती प्रदुषकहरु मानिसको सरीरभित्र छिर्दछन् ।

शोधकर्ता एरेबोलाका अनुसार तत् पश्चात् पिओपी मानिसको सरीरको एडिपोज तन्तुमा जम्मा हुन थाल्छ । जसले अन्ततः तन्तुहरुमा बोसो जम्मा गराउने तथा रगतमा कोलेस्ट्रोलको मात्रा बढाउन सहयोग गर्छ । साथै यी प्रदुषकहरुले सरीरमा फ्याट टुक्राउने वा निष्कासन गर्ने प्रक्रियामा समेत अवरोध पूराएर मानिसमा मोटोपना बढाउन सहयोग गर्छन् । इनभारोमेन्टल पोलुसन जर्नलमा यो सम्बन्धी शोध प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment