Comments Add Comment

चरमपन्थी संगठन अल नुसराका प्रमुख मारिए

२२ फागुन, काठमाडौं । सिरियाको चरमपन्थी संगठन अल नुसराका प्रमुख अबू होमाम अल शामीको हवाई हमलामा मृत्यु भएको छ । जिहादी संगठनले सामाजिक सन्जालमार्फत् नुसराका प्रमुख सहित चार जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

Al-Shami, Military Commander of Al Nusara Frontकुन ठाउँमा भएको हमलामा उनीहरुको मृत्यु भएको भन्ने खुलाइएको छैन । तर, समाचार एजेन्सी रोयटर्सले टर्कीको सीमा क्षेत्र सालकिन शहरमा उनीहरु मारिएको उल्लेख गरेको छ ।

नुसरा सिरियाका राष्ट्रपति बसर अल असादलाई सत्ताबाट हटाउन संघर्ष गरेको सबैभन्दा बलियो संगठन मानिन्छ । सो संगठनको सम्वन्ध अलकायदासँग पनि रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment