Comments Add Comment

कोरियाका लागि २२ सय नेपालीलाई श्रम सम्झौता

२२ फागुन, काठमाडौ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत यो वर्ष पहिलो चरणमा २२ सय नेपालीलाई श्रम सम्झौता दिएको छ ।

korea-2ईपीएस कोरिया शाखाका अनुसार सन् २०१५ मार्च ४ तारिखसम्म कोरियाका रोजगारदाता कम्पनीले कृषि क्षेत्रतर्फ एक हजार र उत्पादनमुलकतर्फ १२ सय नेपालीसँग श्रम सम्झौता गरिसकेका छन् । यीमध्ये दुई समय महिला रहेको कारोबार दैनिकमा खबर छ ।

६४७ कामदारको भिसा पनि आइसकेको छ । श्रम सम्झौता प्रदान गरेपछि मात्रै कामदारको भिसा प्रक्रिया सुरु हुन्छ ।
शाखा प्रमुख डिल्लीराम बाँस्तोलकाका अनुसार कोरियाले पहिलो चरणमा नेपालीलाई दिएको श्रम सम्झौता अरु मुलुक भन्दा धेरै हो ।

यो वर्ष श्रम सम्झौताले तथ्याङक हेर्दा कोरियाले कृषि क्षेत्र र महिला कामदारलाई प्राथमिकता दिएको देखिन्छ । सन् २०१३ मा रोस्टरका २६ सय कामदारको श्रम सम्झौता आएको थिएन । तीमध्ये पनि २२ सय कामदार कृषि क्षेत्रका थिए ।

कोरियाले प्रत्येक ४/४ महिनामा श्रम सम्झौता जारी गर्छ । ‘यो वर्ष पहिलो चरणमा श्रम सम्झौताको कोटा सकिएको छ,’ शाखा प्रमुख डिल्लीराम बास्तोलाले भने,  ‘अब श्रम सम्झौता आए पनि १/२ जनाको मात्र आउँछ । दोस्रो चरणको मे महिनाबाट सुुरु हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment