Comments Add Comment

विश्वकपमा कसको प्रदर्शन सबैभन्दा उत्कृष्ट ?

जारी विश्कप क्रिकेटमा एकपछि अर्को किर्तिमान बनिरहेका छन् । केही स्टार ब्याट्सम्यानहरुले आफ्नो नाउँमा कीर्तिमान दर्ज गरिरहेका छन् र उच्चस्तरको प्रदर्शन गरिरहेका छन् ।

विश्वकपमा अझै झण्डै दुइ दर्जनजति खेल हुन बाँकी नै छ, त्यसैले अहिले सम्मको प्रदर्शनको आधारमा विश्वकपको उत्कृष्ट खेलाडि छनोट गरिहाल्नु हतार हुनसक्छ ।

तथापि अहिलेसम्मको प्रदर्शनका आधारमा दश उत्कृष्ट खेलाडिहरु फक्स स्पोर्टले छनोट गरेको छ । यी दश मध्ये सर्वोत्कृष्ट को होला ? छनोट गर्ने पालो तपाइँको ।

AB-de-Villiers

१. एबी डिभिल्लर्स : दक्षिण अफ्रिकी कप्तान समेत रहेका भिल्लर्सले फेब्रुअरी २७ मा भएको वेष्ट इण्डिज बिरुद्धको खेलमा १ सय ६२ रन जोडे ।

उनले उक्त खेलमा एक दिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा छिटो डेढ सय रनेको किर्तिमान बनाए । उनले जम्मा ६४ बलमा डेढ सय रन ठोकेका थिए । साथै उनले ५० औँ ओभरमा एक्लैले ३० रन जोडे ।

Gayle-Final

२. क्रिस गेल : वेष्ट इण्डिजका धुवाँधार ब्याट्सम्यान गेलले फेब्रुअरी २४ मा जिम्बाबे विरुद्धको खेलमा किर्तिमानी २ सय १५ रन बनाए ।

विश्वकपका सुरुवाती दुइ खेलमा सस्तैमा आउट भई आलोचना खेपेका गेलले जिम्बाबे विरुद्ध विश्वकप इतिहासकै  सर्वाधिक व्यक्तिगत स्कोर बनाए जसमा १६ वटा छक्का सामेल थिए । साथै उनले मार्लोन सामुयल्स सँग मिलेर ३ सय ७२ रनको किर्तिमानी साझेदारी समेत गरे ।

Hashim-Amla

३. हासिम अमला : मार्च ३ मा क्यानबेरामा भएको आयरल्याण्ड विरुद्धको खेलमा दक्षिण अफ्रिकी खेलाडि आमलाले १ सय २७ बलमा १ सय ५९ रन बनाए । साथै उनले आफ्नो २० औँ एकदिवसीय सतक समेत पूरा गरे ।

Brendon-McCullum

४. ब्रेण्डन म्याकुलम : न्युजिल्याण्डका ब्याट्सम्यान म्याकुलम यो विश्वकपका सबैजसो खेलमा उस्तै जम्न सफल खेलाडि हुन् । श्रीलंकासँगको खेलमा ४९ बलमा ६५ रन, इंगल्याण्डसँगको खेलमा २५ बलमा ७७ रन तथा अस्ट्रेलियासँगको खेलमा २४ बलमा ५० रन जोडेर उनले आफ्नो टिमको शत प्रतिशत जितमा महत्वपूर्ण योगदान पूराएका छन् ।

Trent-Boult

५. ट्रेण्ट बोल्ट : न्युजिल्याण्डका बायाँहाते बलर बोल्टले अस्ट्रेलियासँगको न्युन स्कोरवाला थ्रिलर खेलमा २७ रन दिएर ५ विकेट लिए ।

२५ वर्षे यी बलरले उक्त खेलमा मिचेल मार्स तथा ग्लेन म्याक्सवेल जस्ता धुवाँधार ब्याट्सम्यानको विकेट पतन गराएपछि अस्ट्रेलियाली इतिङ धरासायी बनेको थियो ।

Mitchell-Starc

६. मिचेल स्टार्क : अस्ट्रेलियाली बलर स्टार्कले फेब्रुअरी २८ मा अस्ट्रेलियाविरुद्धको खेलमा २८ रन दिएर ६ विकेट आफ्नो नाममा लेखाउन सफल भए । उनको कसिलो बलिङका कारण उक्त खेलमा झिनो लक्ष्य भेटाउन समेत किवी टोलीलाई हम्मेहम्मे भएको थियो ।

७. टिम साउथी : न्युजिल्याण्डका बलर साउथीले फेब्रुअरी २० मा इंगल्याण्ड विरुद्धको खेलमा एक्लैले ७ विकेट लिए, जुन अहिलेको विश्वकपमा एक इनिङमा कुनै बलरले लिएको सर्वाधिक विकेट हो । त्यसक्रममा उनले ३३ रन खर्चिएका थिए ।उनले जारी विश्वकपमा धेरै विकेट लिने बलरको पहिलो नम्बरमा रहेका छन् ।

CRICKET-WC-2015-AFG-SCO

८. समिउल्लाह शेनवारी : स्कटल्याण्ड विरुद्धको खेलमा अफगानिस्तानका शेनवारी शतक प्रहार गर्नबाट ४ रनले चुके पनि उनले जोडेको ९६ रन टीमको ऐतिहासिक जितका लागि महत्वपूर्ण रह्यो । खेलमा अफगान टिम निकै संकटबाट गुज्रिरहेको बेला क्रिजमा आएका शेनवारीले अन्तिमसम्मै क्रिजमा रहँदै टोलीलाई जित दिलाएका थिए ।

Kumar-Sangakkara

९. कुमार सांगाकारा : मार्च १ मा भएको इंगल्याण्ड विरुद्धको खेलमा सांगाकाराले अविजित १ सय १७ रन जोडे । यो उनको २३ औँ एकदिवसीय शतक समेत हो । त्यस क्रममा उनले ७० बलमै सय रन जोडेका थिए । त्यसअघि बंगलादेशसँगको खेलमा समेत उनले १ सय ५ रन बनाएका थिए ।

David-Warner

१०. डेभिड वार्नर : अस्ट्रेलियाली ओपनर वार्नरले मार्च ४ मा भएको अफगानिस्तान विरुद्धको खेलमा १ सय ७८ रन जोडे । जसमा १९ चौका र ५ छक्का थिए । वार्नरको विस्फोटक ब्याटिङको मद्धतले अस्ट्रेलियाले विश्वकपकै किर्तिमानी स्कोर ४ सय १७ रन जोड्यो ।

यी दशजना क्रिकेटरको अतिरिक्त पाकिस्तान विरुद्ध १ सय ७ रन बनाएका भारतीय खेलाडि विराट कोहली तथा बंगलादेश विरुद्ध १ सय ५६ रन बनाएका स्कटल्याण्डका केल कोत्जर पनि यो विश्वकपका चर्चायोग्य खेलाडि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment