Comments Add Comment

नेपालसहित १ सय देशमा सित्तैमा इन्टरनेट बाँड्ने फेसबुकको तयारी

facebook-mobile-more-than-desktop
काठमाण्डौं । बिश्वको नम्बर एक सोसल मिडिया फेसबुकले झण्डै एक सय मुलुकका गरिव जनतालाई सित्तैमा इन्टरनेट सेवा दिने तयारी गरिरहेको छ ।
फेसबुकको अगुवाईमा सुरु भइरहेको इन्टरनेट डट ओआरजी अभियान अन्र्तगत यसै बर्षभित्र एक सय वटा मुलुकका जनतालाई सित्तैमा मोबाइल इन्टरनेट उपलब्ध गराउने तयारी भइरहेको फेसबुकले जनाएको छ ।

हालै संचारकर्मीसँग कुरा गर्दै इन्टरनेट डट ओआरजीका उपाध्यक्ष क्रिस ड्यानियल्सले अभियान निकै आक्रामक तरिकाले अगाडी बढ्न लागेको जानकारी दिए ।

‘यो महत्वकांक्षी योजना यो बर्ष तिब्र रुपमा विस्तार हुनेछ, बर्षको अन्त्यसम्म कम्तीमा एक सय मुलुकमा यस्तो सेवा सुरु गर्ने र्छौं’ ड्यानियलले भने ।

हाल फेसबुकले परिक्षणका रुपमा भारत, जाम्बिया, तान्जानिया, केन्या, घाना र कोलम्बियामा त्यहाँका मोबाइल सेवा प्रदायकहरुसँग मिलेर इन्टरनेटसँग नजोडिएका जनतालाई सित्तैमा इन्टरनेट बाँडिरहेको छ ।

यो परिक्षणबाट उत्साहित फेसबुकले सन् २०१५ को अन्तयसम्ममा करिव एक सय मुलुकमा यो सेवा बिस्तार गर्ने तयारी गरिरहेको ड्यानिलले जानकारी दिए ।
यी ६ वटा मुलुकमा फेसबुकले मोबाइल सेवा प्रदायसँग मिलेर करिव ७० लाख मानिसलाई सित्तैमा इन्टरनेट दिइरहेको छ । जसमार्फत् प्रयोगकर्ताहरुले फेसबुकसहित स्वास्थ्य, रोजगारी, स्थानीय सूचना लागयतका निश्चित एप बिना पैसा चलाउन सक्छन् ।

यसले फेसबुकका प्रयोगकर्ता त बढाएको छ नै ग्रामिण भेगका गरिव जनताले इन्टरनेटसँग जोडिएर धेरै सुबिधा पाएका छन् । यस्तो सुबिधाका कारण मोबाइल सेवा प्रदायकको समेत ब्यापार बढेको छ, डाटा प्रयोगकर्ताको संख्या ह्वात्तै बृद्धि भएको छ । zuckerberg
सन् २०१३ मा फेसबुकको अगुवाईमा सुरु भएको यो अभियानले बिकाशोन्मुख मुलुकका इन्टरनेट पहुँचमा नभएका नयाँ प्रयोगकर्तालाई सित्तैमा इन्टरनेट दिन्छ । मोबाइल सेवा प्रदायकसँगको सहकार्यमा विकिपेडिया, फेसबुक, केही स्वास्थ्य र उपयोगी सूचना सम्बन्धी एप्स खोल्दा पैसा नलाग्ने बनाइएको छ ।

ड्यानियलका अनुसार बजारको आकार भन्दा पनि इन्टरनेटसँग नजोडिएका बहुसंख्यक जनतासम्म पुग्ने गरी देशहरुको छनौट गरिएको छ । यस्तो अभियान ती देशमा सुरु हुने र त्यसले सफलता पाउने कुरा ती देशका मोबाइल सेवा प्रदायकको अग्रसरतामा पनि भर गर्ने उनले बताए ।

यसै हप्ता बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा सहभागी हुन पुगेका फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरवर्गले इन्टरनेटसँग नजोडिएका बिश्वका दुईतिहाई जनसंख्यासम्म पुग्नका लागि अन्य अभियान पनि संचालन गर्न लागिएको बताएका थिए । यसका लागि ड्रोन र स्याटेलाइटमा समेत लगानी गर्न लागिएको उनले जानकारी दिए ।

फेसबुकका अनुसार बिश्वका अफलाइन जनतामध्ये करिव ९० प्रतिशत बिकाशोन्मुख मुलुकमा बसोबास गर्छन् । झण्डै ६ अर्ब जनसंख्यामध्ये करिव साढे ४ अर्बसँग अझै पनि इन्टरनेट पहुँच पुग्न नसकेको फेसबुकले जनाएको छ ।

बिकाशोन्मुख मुलुकका नयाँ ग्राहकलाई इन्टरनेटसम्म आर्कषिर्त गर्ने तयारीमा गुगल पनि लागिरहेको छ । उसले पनि यस्तै खाले अभियानमार्फत् बिकाशोन्मुख मुलुकका पहिलोपटक स्र्माटफोन प्रयोग गर्नेहरुलाई लक्षित गरिरहेको छ । गुगलले हालै उत्पादन गरेको एन्ड्रोइड वान स्मार्टफोनको बजार विस्तारका लागि गुगलले यस्तो अभियान सुरु गर्दै छ ।

नेपालमा निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक एनसेलले विकिपेडिया, ट्वीटर लगायतका केही साइट सित्तैमा खोल्न सकिने सेवा सुरु गरेको छ । फेसबुकका लागि सस्तो मूल्यको प्याकेज उपलब्ध भए पनि अहिलेसम्म सित्तैमा प्रयोग गर्न पाउने सुबिधा भने छ्रैन् ।

इन्टरनेट डट ओरजीका उपाध्यक्ष ड्यानियलको भनाईलाई मान्ने हो सन् २०१५ को अन्त्यसम्ममा नेपालमा पनि सित्तैमा फेसबुक चलाउने सुबिधा सुरु हुन सक्छ । उनले भनेझैं यस्तो सुबिधा कहिले सुरु हुने भन्ने कुरा एनसेल लगायत यहाँका टेलिफोन सेवा प्रदायकको अग्रसरतामा निर्भर रहने छ ।

यो पनि पढ्नुहोस्

विकाशोन्मुख देशमा सित्तैमा इन्टरनेट दिने गुगलको तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment