Comments Add Comment

‘तीन खानलाई एउटै फिल्ममा ल्याउन भगवानले पनि सक्दैनन्’

3-khan

मुम्बई । निर्देशक फराह खानले बलिउडका तीन चर्चित खान आथार्त सलमान, शाहरुख र अमिर खानलाई एउटै फिल्ममा ल्याउन असम्भव रहेको बताएकी छिन् ।

यी तिनै जनासँग ब्यक्तिगतरुपमा निकै नजिक रहेकी उनले तीनै जनालाई एउटा फिल्म खेलाउन भगवानले पनि नसक्ने बताएकी हुन् ।

हालै मुम्बईमा आयोजित एक पत्रकार सम्मेलनमा फराहलाई के तपाईं यसका लागि कोसिस गर्दै हुनुहुन्छ भनी प्रश्न गरिएको थियो । उनले भनिन्- ‘भगवानले त तीन खानलाई एउटै फिल्ममा ल्याउन सक्दैनन् । म को हुँ र ?’ यसका लागि आफुले बिगतमा प्रयास गरे पनि सफल नभएको उनले खुलाइन् ।

आठ वर्षअघि फिल्म ‘ओम शान्ति ओम’ को दीवानगी दीवानगी गीतमा उनले तीनै खानलाई नचाउने प्रयाश गरेकी थिईन् । शाहरुख र सलमान त गीतमा सहभागी भए तर, अमिर आएनन् ।

जानकारहरुका अनुसार तत्काल तीन खानलाई एउटै फिल्ममा देखाउनु असम्भव जस्तै छ । किनकी तीनै खान बलिउडका महंगा स्टार हुन्, तीनै जनालाई एउटै फिल्ममा ल्याउन बजेट निकै धेरै खर्च हुन्छ ।

बलिउड उद्योगमा संर्घषका बेला पनि यी तिनै जनाले एकसाथ स्त्रिmन सेयर गर्ने अबसर पाएनन् । सलमान र शाहरुख खानले करण अर्जुन, हम तुम्हारे है सनम लगायतका फिल्ममा अभिनय गरेका छन् भने सलमान र अमिरले एउटा मात्रै फिल्म ‘अन्दाज अपना अपना’ मा सँगै काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment