Comments Add Comment

भारतमा रोकिएका बाबुराम लखनऊ हुँदै आउने

२२ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तीन दिनदेखि अवरुद्ध हुँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दिल्लीमा रोकिएका छन् । डा. भट्टराई फागुन १६ गते भारत गएका हुन् ।

दिल्लीस्थित जेएनयूको होस्टल परिसरमा डा. भट्टरार्इ
दिल्लीस्थित जेएनयूको होस्टल परिसरमा डा. भट्टरार्इ

मुम्बईमा आयोजित प्रवासी नेपाली संगठनको सम्मेलन उदघाटनका लागि भारत गएका डा. भट्टराई विहीबार विहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम थियो । तर, विमानसेवा अवरुद्ध भएकाले उनी उतै रोकिए ।

शुक्रबार पनि बेलुका पाँच बजेसम्म विमान सेवा सञ्चालन नहुने जानकारी पाएपछि डा. भट्टराई लखनऊ हुँदै नेपाल आउन लागेका हुन् ।

नेता भट्टराई आज बिहान लखनऊ हुँदै नेपालगञ्ज प्रस्थान गरेका छन् । आजै अपरान्ह ४ बजे नेपालगञ्जबाट काठमाण्डौ आउने उनका निजी सचिव बिश्वदीप पाण्डेले जानकारी दिए । भट्टराईले अपरान्ह तीन बजे नेपालगञ्जमा पत्रकार सम्मेलन गरी भारत भ्रमणबारे जानकारी दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment