Comments Add Comment

एकै दिन तीन नेपाली फिल्मको भिडन्त, ‘डर्टी पोलिटिक्स’ पनि आजैदेखि

Zhigrana-nepali-film-poster

काठमाडौं । नेपाली फिल्म नचलेर निर्माता डुबे पनि फिल्म रिलिज हुने क्रम भने घटेको छैन । आजदेखि मुलुकमा तीन स्वदेशी र तीन विदेशी गरि छ फिल्म रिलिज हुँदैछन् ।

भीमदत्त, भिंग्राना र पुर्नजन्म तीन नेपाली फिल्म मोफसल र काठमाडौका विभिन्न हलमा प्रदर्शन हुँदैछन् ।

सुदुरपश्चिमका क्रान्तिकारी नेता भीमदत्त पन्तमाथि बनेको ‘भीमदत्त’लाई हिमग्याप लामाले निर्देशन गरेका छन् । नवल खड्का, निशा अधिकारी, सुमिना घिमिरे लगायतका कलाकारले अभिनय गरेका छन् ।

‘पुर्नजन्म’मा शशस्त्र द्धन्द्धकालका दुई सैनिकको कथा समेटिएको छ । यसमा आर्यन सिग्देल, केकी अधिकारी गजित विष्ट, शुस्मिता शाही लगायतका कलाकारले अभिनय गरेका छन् ।

पासाङ लामाको निर्देशन रहेको ‘झिग्राना’ थ्रीलर फिल्म हो । मेनुका प्रधान, निकुन श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको यो फिल्म आम नेपाली फिल्म भन्दा फरक रहेको निर्माण पक्षले दाबी गरेको छ ।

मल्लिका शेराबतले अभिनय गरेको हिन्दी फिल्म ‘डर्टी पोल्टिक्स’ पनि आजैदेखि नेपाली हलहरुमा रिलिज हुने छ । केसी बोकाडिया निर्देशित ‘डर्टी पोल्टिक्समा मल्लिका, ओम पुरी, नसुरुद्दिन शाह लगायतले अभिनय गरेका छन् ।

डेभिड गेल्ब निर्देशित हलिउड फिल्म ‘लाजारियस इफेक्ट’ र नेईल ब्लमक्याम्पले निर्देशन गरेको ‘च्याम्पी’ पनि आजदेखि रिलिज हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment