Comments Add Comment

बलिउड कलाकारले कसरी मनाउँदैछन होली ?

ranabir-depika-(1)

मुम्बई । नेपाली कलकारले हर्षोल्लास पूर्वक होली मनाएर रमाईलो गरेको तस्बिर इन्टरनेटभर छाइरहेका छन् । नेपालको तराई भेगमा र भारतमा आज होली खेलिन्छ । त्यसैले आज बलिउड हस्तीहरु होलि खेल्न मस्त छन् ।

यसपाली दीपिका पादुकोणले रणबीर सिंहसँग विषेश होली खेल्ने भएकी छिन् । ‘बाजीराब मस्तानी’को सेटमा रणबीरसँग होली खेल्दैछु म ।’ दीपिकाले भनिन् ।

हिन्दी फिल्म रामलीलामा काम गरेपछि उनीहरुको हिमचिम बढेको थियो । यतिबेला उनीहरु डेटिङमा मस्त रहेको र यसै बर्षभित्र बिबाह गर्ने तयारीमा रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

सानैदेखि होलीमा रमाउने गरेकी दीपिकाले कपाल नबिगि्रयोस भनेर नरीबलको तेल लगाउने गरेकी छिन् ।

हिन्दी फिल्मसँग जोडिएपछि होलीको वारेमा थाह पाएको बताउने सन्नी लियोनीले यसपाली होली खेल्नकै लागि सेतो पोशाक तयार पारेकी छिन् ।

होली आफुलाई मन पर्ने भन्दै सन्नीले पोहोरसाल होली पार्टीमा गएर आफ्नै श्रीमानसँग होली खेलेकी थिईन् ।

फिल्ममा आउनुअघि अनुहारमा पेन्ट लगाएरै हिंड्थे शाहरुख खान । मुम्बईमा भएका धेरै होली कार्यक्रममा सहभागी भएका शाहरुख भन्छन ‘गौरीलाई रंग लगाउन पाउने बहानामा म खुब सहभागी हुन्थें होली कार्यक्रममा ।

अचेल भने उनी पनि सेतो कपडामा रंगहरुसंग खेलेरै होली मनाउँछन् । उनले होलीमा आफ्नै घरमा विषेश कार्यक्रम गर्ने गरेका छन् ।

अभिषेक बच्चन, सुनिल शेट्ठी जोनी लिभर लगायतका कलाकारले होली आफुलाई रमाईलो लाग्ने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment