Comments Add Comment

क्यानाडामा शेर्पा ल्होसार मनाइयो

sherpa lhosar-1टोरोन्टो । शेर्पा समुदायको विशेष पर्व लोसार (नयाँ वर्ष २१४२) को शुभकामना तथा सांस्कृतिक कार्यक्रम क्यानाडाको टोरोन्टोस्थित ब्राम्पटनमा सम्पन्न भएको छ ।

ग्रेटर टोरोन्टो एरियामा रहेका शेर्पा समुदायले प्रत्येक वर्ष मनाउदै आएको यो विषेश पर्वको आयोजना यूनाइटेड शेर्पा एसोसिएसनले गर्दै आएको छ । सो अवसरमा क्यानाडाका लागि नेपाली राजदुत कालिप्रसाद पोखरेलले शेर्पाहरुलाई शुभकामना दिदै यस्ता ऐतिहासिक सास्कृतिक पर्वको संरक्षण र प्रवर्द्धन गर्दै जानुपर्ने बताए ।

शेर्पाहरुले यस लोसारलाई वर्षलाई भेडा वर्षको रुपमा मनाएका छन् । एसोसिएसनका अध्यक्ष आङवारु शेर्पाले यस नयाँ वर्षको अवसरमा सबै नेपाली र गैर नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायू र प्रगतिको कामना गरे । उनले जुन सुकै जात जातिको पर्व वा धर्मलाई तिरस्कार नगरी सम्मान गर्ने परम्परा बसाल्ने हो भने जातिय विभेद र झगडा नहुने विश्वास व्यक्त गरे ।

सांस्कृतिक कार्यक्रममा न्यूयाेर्कबाट आमन्त्रित शेर्पा संस्कृतिका प्रवर्द्धक तथा कलाकार डेन्डी शेर्पाले गीत तथा नृत्य गरेर कार्यक्रममा आर्कषण थपेका थिए । संस्थाका महासचिव नाम्ङदेल शेर्पाले कार्यक्रम सफल पार्न सहयोग पुरयाउने सबैलाई धन्यवाद दिदै यस अवसरमा सबैलाई सुख र शान्ति मिलोस भन्ने कामना गरेका थिए ।

नेपाली र क्यानाडाका दुवै राष्ट्रिय गानबाट शुभारम्भ गरिएको सो कार्यक्रममा नेपाली स्टायलको छ्याङ (स्थानीय मदिरा) र अन्य शेर्पा संस्कृतिका परिकारहरु राखिएको थियो । कार्यक्रममा गायक आदी याक्थुङम्वा, रामकाजी मोक्तान र गोविन्द घिमिरेलगायतले आफ्नाे कला प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिएका थिए ।

सो अवसरमा राजदुत पोखरेलद्वारा गायक पूर्ण नेपालीलाई सम्मान गरियो थियो । लोसोर पर्वमा नेपाल सरकारले सर्वाजनिक विदा दिने घोषणा गरेपछि शेर्पाहरुको यस पर्वप्रति सबैको विषेश चासो बढ्न थालेकाे छ । हिमाल आरोहण गर्न सिपालु शेर्पाहरुले नेपाली र गैर नेपालीलाई समेत सफल आरोहण गराउदै आएको अवस्थामा लोसार पर्वले पनि नेपालमा पर्यटन बढ्दै विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment