Comments Add Comment

स्पेनकाे सामुन्द्री तटमा नेपालीकाे हाेली

spain holi-1वसन्त रानाभाट

बार्सिलोना । सबै दिदिबहिनीहरु एकै ठाउँमा जम्मा हुन कम हत्ते त थिएन, एक हप्ता अघिदेखि नै तयारी चलिरहेको थियो। बिदेशमा प्राय: सबैको काम तर एकै समयमा बिदा मिलाउन फलामको चिउरा चपाउनु जस्तै तर हिम्मत गर्यौ र सम्भव भयो। हाम्रा नानीबाबुहरु ९ बर्ष मुनिका थिए र सबै जसो यतैतिर जन्मिएका । यो एउटा स्मरणीय क्षण मात्र रहेन कि यतै जन्मेका हाम्रा बच्चाहरुलाई यो पनि थाहा भयो  ‘होली हाम्रो पर्व हो’ स्पेनको कोस्टाब्लांकास्थित बेनिड्रम निवासी शुष्मा ढुंगानाले अनलाईनखबरलाई बताईन्।

हाम्रो योजना थियो सबै जनाले सेतो टिसर्ट लगाऊ यसले होलीको रंग प्रष्ट देखिन्छ। त्यसैले नजिकको चाईनिज पसलबाट सबैले टिसर्ट किन्यौं, सहभागी करिब २६ जना दिदीबहिनीहरु सेतो टिसर्टमा सजियौं। तर अबिर खोज्दै जाँदा अलि मुस्किल पर्रयो । उनले भनिन्, बजारमा अभिर त पायौ तर अनुहारमा दल्न लायक भेटिएन र सबै दिदिबहिनीहरुले सल्लाह गरेर घरघरबाट अलि अलि लग्यौ नेपालबाट लगेको अभिर भएर होला रंग पनि गज्जबले बस्यो ।

spain holi-2समुन्द्री किनारा हाम्रो गन्तब्य थियो नेपाल स्पेन समाजका सह-कोषाध्यक्ष समेत रहेकी ढुंगानाले भनिन्”पहिले नै अजेंन्तामेन्तो( नगरपालिका) बाट स्थलकोलागि अनुमति लिई सकेका थियौं। खुलेको आकाश मुनि हामी एक अर्कालाई रंग दल्दै रमाउन थाल्यौ। बालबच्चाहरु पनि हामीलाई हेर्दै एक अर्काबीच अबिर लगाउन शुरु गरे। समुन्द्री तटमा नै रहेको पार्कमा खेल्दै उनीहरु रमाए । आ-आफ्नो घरबाट तयार गरि लगेको खानाको परिकारले अभिर सँग खेल्दा खेल्दै लागेको भोकलाई मज्जाले मेटायो ढुंगानाले रमाउदै भनिन्।

समाजका अध्यक्ष लालबहादुर केसीले दिदीबहिनीहरुको होली कार्यक्रमले बालबच्चालाई बिदेशमा चाडपर्व मनाउन सिकाउनु पर्छ भन्ने सन्देश दिएको बताए। उनले भने “समाजले अन्य चाड पर्वहरु औपचारिक रुपमा मनाउदै आएको छ तर यस्तो शैलीले पर्व मनाउदा झन् नेपालमा नै मनाए जस्तो प्रतिक्रिया पाएको बताए। कार्यक्रममा केहि पुरुष सहयोगी बाहेक महिला दिदि बहिनीहरु र बालबच्चालाई मात्र समेटिएको केसीले जनाकारी दिए।

spain holi-3यता नेपालीहरुको बाक्लो बसाई रहेको बार्सिलोनामा पनि परिवार परिवारबीच जमघट गर्दै होली मनाएका छन्। ४-५ परिवार एकै ठाउमा जम्मा भई एक आपसमा अबिर लगाउदै होली मनाएको नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रेले बताए।

फागु पूर्णिमा अर्थात होली पर्व असत्यमाथि सत्य र खराब माथि असल पक्षको विजयको रुपमा देश तथा विदेशमा मनाउने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment