Comments Add Comment

पोखरेलले गरे उपाध्यक्षमा उम्मेदवारी घोषणा

RC pokhrelडीसी । गैरअावासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा रामचन्द्र पोखरेलले एनअारएनए अार्इसीसी अमेरिकाको उपाध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि अमेरिकामा गैरअावासीय नेपालीहरूको साथमा रहेका उनले गैरअवासीय नेपालीहरूको हितमा काम गर्ने प्रतिबद्धताका साथ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले दोहोरो नागरिकता प्राप्ति र दोहोरो कर प्रणालीको खारेजी विषयमा तर्कपूर्ण बहसको निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।

नेपालमा विदेशी लगानी सम्बन्धी आवश्यक नीति तर्जूमा गर्न आवश्यक पहल कदमी गर्ने तथा नेपाली भूमिमा पर्ने दैबी प्रकोप र नेपालको बिकासका लागि विदेशबाट गर्न सकिने सहयोग जुटाउन लागि पर्ने पनि उनको प्रतिवद्धता छ ।

यस्तै, आर्थिक पारदर्शिता स्थापित गर्ने र आर्थिक कोषको उचित प्रयोजनमा जोड दिने तथा आकस्मीक कोषको उचित व्यवस्थापनमा विशेष जोड दिनूको साथै यस कोषमा सबैको पहुच पुरयाउने लक्ष्य राखिने पोखरेलले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment