Comments Add Comment

विमान नउड्दा रोकियो ‘तितो सत्य’ र ‘मेरी बास्सै’को अष्ट्रेलिया यात्रा

tito-satya-mero-bassi
अष्ट्रेलियामा यही मार्च ७ तारिख अर्थात भोली आयोजना हुने भनिएको ‘तितो सत्य-मेरी बास्सै’ कार्यक्रम स्थगित भएको छ । आयोजक ‘स्मार्ट एक्सिस सर्भिस’का प्रबन्ध निर्देशक विभुषण जोशीले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै कार्यक्रम रद्द भएको जानकारी दिएका हुन् ।

त्रिभुवन विमानस्थलको धावनमार्गमा ‘टर्किस एयरलाइन्स’को विमान दुर्घटना भएपछि अन्तरराष्ट्रिय उडान सबै ठप्प भएका छन् । जसको कारणले पनि विभिन्न कार्यक्रमका लागि देश बाहिर जान लागेका कलाकारहरु रोकिएका छन् ।

शनिबारको कार्यक्रम रद्द भएपछि अब मार्च १९ मा कार्यक्रम हुने आयोजकले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । मराना अडोटिरियम हर्सभिलमा कार्यक्रम हुने आयोजकले जनाएको छ । शनिबार आयोजना हुने भनिएको कार्यक्रम रोकिएकोमा आयोजकले क्षमा समेत मागेको छ ।

कार्यक्रमका लागि कलाकारहरु दिपकराज गिरी, दीपाश्री निरौला, विल्सन विक्रम राई, केदार घिमिरेको साथमा मोडल पार्वती राई, गायिका आस्था राउत लगायतका कलाकार अष्ट्रेलिया जाने तयारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment