Comments Add Comment

पचास लाख लगानीमा २४ बिघामा व्यावसायिक कृषि खेती

agree-3२२ फागुन, बुटवल । रुपन्देहीको सिक्टहनमा ५० लाख रूपैयाँ लगानीमा २४ विघा जग्गामा व्यावसायिक कृषि खेती सुरु गरिएको छ ।

बुटवलमा स-सानो व्यवसायमा आबद्ध २१ जना स्वरोजगार युवा मिलेर ग्रामीण क्षेत्रमा व्यावसायिक कृषि खेती सुरु गरेका हुन् ।

उनीहरुले सामूहिक बहुउद्देश्यीय कृषि उपज तथा बिक्री समूह गठन गरेर कृषि फार्म सुरु गरेका छन् । फार्ममा समूहका सबै सदस्यले पहिलो चरणमा रु दुई लाखका दरले लगानी गरेका छन् ।

सिक्टहन गाविस-७ छोट्की गुम्मीमा सञ्चालनमा आएको कृषि फार्ममा अहिले माछापालन, कुखुरापालन, बेसार, अडहर, फलफूल र विभिन्न जातका तरकारी खेती लगाइएको छ ।

सिक्टहन माविको वर्षौंदेखि बाँझो रहेको १८ बिघा र व्यक्तिगत छ बिघा गरी २४ बिघा जग्गा १० वर्षका लागि भाडामा लिएर व्यावसायिक खेती सुरु गरिएको हो । दुई वर्ष अघिसम्म उजाड रहेको जग्गा अहिले खेतीपाती र माछापालन गरेर हराभरा देखिएको छ ।

फार्ममा एक वर्षभित्र ५० लाख लगानी थप गरी वार्षिक रु २० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको संस्थाका अध्यक्ष प्रकाश खनालले जानकारी दिए ।

फार्ममा अहिले दुई बिघामा पाँचवटा पोखरी खनेर विभिन्न जातका ३२ हजार माछापालन गरिएको छ । अर्को वर्ष थप तीन बिघामा माछापालन गर्ने योजना छ ।

यस्तै चार बिघामा बेसार खेती गरिएको छ । फार्मले आफै प्रशोधन र प्याकेजिङ गरी वार्षिक पाँच टन बेसार उत्पादन गर्ने लक्ष्य राखेको फार्मका उपाध्यक्ष नवराज फुल्लेलले जानकारी दिए।

दुई बिघामा अडहरको दाल खेती गरिएको छ । फार्मममा अर्को वर्ष तीन हजार कुखुरा पाल्ने योजना छ । यसै वर्षदेखि ५० वटा गाई, ५० वटा भैंसी, ५० वटा बङ्गुर, १०० वटा बाख्रा र तीन कठ्ठामा हाँस पाल्ने गरी गोठ, खोर र पोखरी निर्माण भइरहेको अध्यक्ष खनालले जानकारी दिए ।

व्यावसायिक प्रयोजनकै लागि विभिन्न जातका आँप र लिचीका २०० विरुवा र मौसमअनुसारका तरकारीसमेत लगाइएको छ ।

गत वर्ष पूर्वी नेपालका झापा, सर्लाहीलगायतमा सहकारी भ्रमणमा जाँदा ती जिल्लामा समूहमा मिलेर गरिएका कृषि फार्महरुबाट प्रभावित भई आफूहरु व्यावसायिक कृषिमा होमिएको अध्यक्ष खनालले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment