Comments Add Comment

नवलपरासीका प्रत्येक नगरमा उद्यान

२२ फागुन, कावासोती । नगरलाई सुन्दर बनाउन नवलपरासीका हरेक नगरपालिकाले उद्यान निर्माण गर्ने भएका छन् ।

सावर्जनिक जग्गाको व्यवस्थापन गर्दै जिल्लामा रहेका छ नगरपालिकाले उद्यान बनाउन थालेका हुन् ।

पानीको मुहान संरक्षण, फोहोर व्यवस्थापनसँगै बालबालिका रमाउने उद्यान निर्माण गर्न नगरपालिकाले काम थालेको देवचुली नगरपालिकाका लेखापाल श्रीभद्र पौडेलले जानकारी दिए ।

गैंडाकोट, देवचुली, कावासोती, वर्दघाट, सुनवल र रामग्राम नगरपालिकाले उद्यान निर्माण गरेका हुन् । उद्यान निर्माणसँगै प्लाष्टिकको झोलालाई निरुत्साहित गर्न नगरपालिकाहरु लागेका छन् । वातावरणमैत्री नगर बनाउन लागिपरेका यी नगरहरूमा पोखरी निर्माण, फोहोर व्यवस्थापन, सडक बत्ती राख्नेलगायतका काम पनि थालिएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरणमैत्री नगर बनाउन यी छवटै नगरपालिकामा करिब पाँच करोड ५० लाख रूपैयाँ रकम प्रदान गरेको छ ।

पूर्व-पश्चिम राजमार्गको मध्यभागमा पर्ने नवलपरासीको झण्डै एक सय किलोमिटर दायाँबायाँका सडक छेउछाउमा अब प्लाष्टिकको फोहोर फाल्न नपाइने निर्णय भएको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment