Comments Add Comment

क्वाललाम्पुर र हङकङ विमानस्थलमा सयौं नेपाली अलपत्र

२२ फागुन, काठमाडौं । नेपालको विमानस्थल लगातार तीन दिन बन्द हुँदा विदेशस्थित विभिन्न विमानस्थलहरुमा नेपालीको बिजोग हुन थालेको छ ।

KL-2-ma-alapatra-nepali

मलेसियाको क्वाललाम्पुरको केएल २ विमानस्थलमा सयौं नेपाली  अलपत्र परेका छन् । भिसा सकेर घर फर्कन लागेकादेखि  विदामा नेपाल  हिडेकाहरु विमालस्थलमा अलपत्र परेका छन् ।

यस्तै हङकङ एयरपोर्टमा करिब दुई सय नेपाली अलपत्र परेका छन् ।नेपाल आउनका लागि विभिन्न देशबाट हङकङ आइपुगेका उनीहरु विमानस्थलमै बास बसेका छन् । उनीहरुलाई खानका लागि दिनको १६ हङकङ डलर दिएर राखिएको छ ।

Neplese in Honkong Airport

  • हङकङ विमानस्थलमा अलपत्र परेका नेपालीहरु

विभिन्न देशबाट हङकङको अन्तराष्ट्रिय विमानस्थलमा ट्रान्जिट पोइन्ट पर्ने दुई सयजना नेपालीहरु अलपत्र परेको त्यहाँ रहेका बाग्लुङका सुजितप्रसाद आचार्यले बताए ।

विहीबारदेखि जापानको नारिता एसपोर्टबाट क्याथि प्यासिफिक विमानमार्फत नेपाल आउन हिँडेका आचार्य पनि हङकङ ट्रान्जिटमै रोकिएका छन् । उनकी पत्नी बिरामी छिन् ।

Neplese in Honkong Airport 1आचार्यका अनुसार नेपालीहरुलाई हङकङको विमानस्थलमा बिहान ८ डलर र बेलुका ८ हङकङ डलर दिएर राखिएको छ । बिरामी श्रीमती प्रमिला आचार्यलाई लिएर आएका उनले विमानले दिएको पैसाले एक बोतल पानी पनि नआउने बताए ।

त्यसैगरी थाइल्याण्डस्थित अन्तरराष्ट्रिय विमानस्थलमा पनि नेपालीहरु अलपत्र परेको स्रोतले बताएको छ । ट्रान्जिट परेर विभिन्न देशका विमानस्थलमा रोकिएका नेपालीहरुलाई खानपिनका लागि आर्थिक संकट पर्न थालेको बताइएको छ ।

तस्वीर स्रोत :  सुजित आचार्य र विष्णु थपलियाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment