Comments Add Comment

आफ्नै निवासमा रंगिएर नाचे वनमन्त्री

२२ फागुन, बिराटनगर । हिन्दुहरुको विशेष पर्व फागू आज तराईका जिल्लाहरुमा धुमधामका साथ मनाइँदैछ ।

यसैक्रममा बिराटनगरस्थित आफ्नै निवासमा वनमन्त्री महेश आचार्यले आफ्नै घरमा विशेष कार्यक्रम आयोजना गरेर नाचगान गरेका छन् ।

Mahesh-Acharya-at-holi

बिराटनगरको हाटस्थित आफ्नै निवासमा कार्यकर्ता र आफन्तसँग मन्त्री आचार्य नाचेका हुन् ।

रंगीचंगी बनेका मन्त्री आचार्यले निवासमा आइपुगेका पत्रकारसँग सामुहिक तस्वीरसमेत खिचाए ।

त्यस्तैगरी बिराटनगरको अतिथि सदन अगाडि मारवाडी समुदायका युवा युवती एवं प्रौढहरु एक आपसमा रंग खेलेर होली मनाइरहेका छन् । बिराटनगरका विभिन्न स्थानमा होलीको रौनक छाएको छ ।

biratnagar-holi1

biratnagar-holi2

biratnagar-holi-3

biratnagar-holi4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment