Comments Add Comment

‘राजेशपायललाई भाइटिका लगाउँछु, बिहेको कुरा कहाँबाट आयो ?’ : केकी अधिकारी

rajesh-and-keki
केही दिन अघि मात्र नायिका केकी अधिकारीले गायक राजेशपायल राइको ‘दर्शन नमस्ते’ रेष्टुरेन्ट उद्घाटन गरेपछि उनीहरुको सम्बन्धको बिषयमा विभिन्न खालका चर्चा भए । राजेशले केकीलाई मात्र रेष्टुरेन्ट उद्घाटनमा बोलाएपछि उनीहरुको प्रेम सम्बन्ध भएको समेत चर्चा भयो ।

तर, नायिका केकी अधिकारीले भने यो कुराले आफूलाई छक्क पारेको बताएकी छिन् । केकीले अनलाइनखबरसँग भनिन्-‘एउटा कलाकार भएको नाताले आएका यस्ता खालका समाचारका बिषयमा म स्पष्टिकरण दिन त चाहन्नथ्यँ । तर, मेरो फ्यान  पेजमा आएका विभिन्न खालका प्रश्नका कारण म जवाफ दिदैछु ।’ राजेशपायल राई र आफ्नो सम्बन्धको बिषयमा केकीले अनलाइनखबरबाट दिएको स्पष्टिकरण उनकै शब्दमा :

गायक राजेशपायल राइलाई म एकदमै सम्मान गर्छु । सानैबाट उहाँको गीत सन्दै आएकीले पनि म उहाँको फ्यान हुँ । तर, हामीले कहिले पनि नजिकबाट भेट्ने मौका पाएका थिएनौ ।

बहराइनमा भएको एक कार्यक्रममा राजेशपायल राइसँग भेट भएपछि हामी नजिक भएका हौँ । उहाँले मलाई बहराइनमा एउटा दाइले बहिनीलाई गर्ने व्यवहार गर्नुभएको थियो । बहराइनमा नै उहाँले मलाई आफ्नो रेष्टुरेन्ट उद्घाटनका लागि आउनुपर्छ भन्नुभएको थियो । उहाँले नेपाल आएपछि मलाई निमन्त्रणा गर्नुभयो र म गएँ । हामी यस्तो उद्घाटनमा धेरै पटक जादै आएका छौ र त्यही सोचले म गएकी हुँ ।

रेष्टुरेन्ट उद्घाटन भएकाले केक काटेर एक अर्कालाई ख्वाउनु सामान्य नै हो । उहाँले कार्यक्रममा मलाई मन पर्ने नायिका हुन् केकी भन्नुभएको थियो । उहाँले केकीको काम मलाई मन पर्ने बताउनु भएको थियो ।

उहाँले मलाई बहिनीको सम्मान दिनुहुन्छ भने मैले दाइको सम्मान दिएकी छु । जब, मिडियामा मेरो र उहाँको सम्बन्धको बारेमा विभिन्न खालका समाचार आएँ, म आफै पनि छक्क परे । रेष्टुरेन्ट उद्घाटनमा बिहेको प्रस्ताव, अफेयर जस्ता कुरा केही पनि भएको थिएन । यस्ता कुरा मिडियामा कसरी आयो, मैले वुझेको छैन । म आज पनि उहाँलाई उस्तै सम्मान गर्छु । यसपटकको भाइटिकामा म उहाँलाई भाइटिका लगाइदिदै छु ।

केकी पनि रोकिइन्
यसैबिच, नायिका केकी अधिकारी पनि विमानस्थल अवरुद्ध हुँदा बेल्जियम जानबाट रोकिएकी छिन् । उनी ९ तारिखमा बेल्जियममा हुने एक कार्यक्रममा सहभागी हुन वुधबार त्यतातर्फ जाने तयारीमा थिइन् । तर, आजसम्म पनि बिमानस्थल नखुलेकाले उनी रोकिएकी हुन् । केकीले भोलीसम्म पनि खुलेन भने कार्यक्रममा जान नसक्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment