Comments Add Comment

चैत १३ गते प्रभू बैंकको साधारणसभा, यस्ता छन् विषेश प्रस्ताव

prabhu-bank-limited२२ फागुन काठमाडौं । प्रभू बैंक लिमिटेडले आगामी चैत १३ गते १२औं र १३औं वाषिर्क साधारणसभा बोलाएको । फागुन १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो ।

आगामी साधारणसभामा हकप्रद सेयर जारी गर्ने निर्णय पारितको विषेश प्रस्ताव लगिँदैछ । बैंकले हरेक सय कित्ता बराबर २० कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । गत असोज २५ गते बसेको बैंकको विषेश साधारणसभाले पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।
हकप्रद सेयर जारी गरेपश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब ८५ करोड रुपैयाँ पुग्नेछ । हाल चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ ।

यो पनि पढ्नुहोस- सफलताको कथाः डुबेको किष्टलाई प्रभुले गर्‍यो कायापलट

त्यसैगरी बैंकको नियमावलीमा रहेको बैंकको ठेगाना परिवर्तन गर्ने पनि विषेश प्रस्ताव गरेको छ । विकास बैंकको रुपमा लैनचौरमा मुख्य कार्यालय राखेर कारोबार गर्दै आएको बैंक गत भदौ १ गतेदेखि तत्कालीन किष्ट बैंकलाई गाभेपछि बिजुलीबजारमा मुख्य कार्यालय सारेको छ ।

त्यस्तै, साधारणसभामा अर्को विषेश प्रस्तावकोरुपमा बैंकको सञ्चालक समितिलाई अन्य बैंक तथा वित्तीय संस्था गाग्भे, खरिद गर्ने सम्बन्धी निर्णय गर्ने अधिकार दिने प्रस्ताव गर्ने भएको छ । बैंकले ग्रान्ड बैंकलार्इ एक्वायर गर्ने सैद्दान्तिक सहमति गरिसकेको छ ।

बैंकको प्रबन्धपत्र नियमावली संसोधन गर्ने सन्दर्भमा नियामक निकायले दिएको निर्देशन बमोजिम सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव रहेको आज प्रकाशित साधारणसभासम्बन्धि सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment