Comments Add Comment

आनालाई अनमोलको केयरिङ, भन्छन्-‘साथी मात्र’

anmol-and-ana
कोरियन लुक्सका नायक अनमोल केसी अहिले यूवापुस्तामाझ सर्वाधिक लोकपि्रय छन् । एकपछि अर्को हिट चलचित्र दिएपछि अनमोलको मार्केट भ्यालु पनि सर्वाधिक बढेको छ । उनी यतिबेला २ चलचित्रमा काम गर्ने तयारी गर्दैछन् ।

उनै अनमोल हालै मात्र एक कार्यक्रममा देखिए । अनमोलको साथमा ‘जेरी’ चलचित्रकी मुख्य कलाकार आना शर्मा पनि देखिइन् । अनमोल र आनालाई एकसाथ देख्दा गसिप बजारमा चलेका हल्लाहरुले पुष्टी हुने मौका पनि पाएका छन् ।
anmol-and-ana-in-ghigrana
चलचित्र ‘जेरी’ चलेपछि यी दुई कलाकारको प्रेम सम्बन्धको बिषयमा खुबै चर्चा हुन थालेको छ । तर, अनमोल भने आना आफ्नो मिल्ने साथी मात्र भएको बताउँछन् । एक-अर्कालाई आवश्यकता परेको खण्डमा  सहयोग गर्ने बताउँदै अनमोलले आनासँगको प्रेम सम्बन्धलाई नकार्दै आएका छन् ।

तर, चलचित्र ‘झिग्राना’को विशेष शोमा उपस्थिती भएका अनमोलले आनाको केयरिङ भने गजबैले गरेका थिए । यसैले पनि दुई कलाकारको सम्बन्ध, मित्रतामा मात्र छ भनेर पत्याउन धेरैलाई गाह्रो परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment