Comments Add Comment

बैंककमा अलपत्र नेपाली भन्छन्- पानी किन्ने पैसा सकियो

yatru

  • थाइल्याण्डको बैंककस्थित अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र यात्रु

२२ फागुन, काठमाडौं । नेपालको विमानस्थल तीन दिन अवरुद्ध हुँदा थाइल्याण्डको बैंककस्थित अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका करिब ५० जना नेपाली यात्रुहरुले खाना र पानी किन्ने पैसा सकिएको गुनासो गरेका छन् ।

जापानको टोकियोबाट बैंकक ट्रान्जिटमा रोकिएका सागर शर्माले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘हामीलाई बुधबार एक छाक खाना दिइयो, त्यसपछि खुवाउन सकिँदैन भनिएको छ, साथीहरुसँग पानी किनेर खानेसमेत पैसा छैन ।’

जापानबाट बैंकक हुँदै नेपाल आउन लागेका शर्मा बैंककमा बुधबारदेखि रोकिएका हुन् । आफूसँगै थाई एयरका करिब ५० नेपाली यात्रुहरु विमानस्थलमा रहेको उनले बताए ।

tailand-yatru1
अाराम गर्दै गरेका यात्रु

विदेशी यात्रुहरुलाई उद्धार गरेर होटलमा लगिए पनि नेपालीलाई भने एयरपोर्टमै छाडिएको उनले गुनासो गरे । कतिपय नेपालीको अराइभल भिसा नभएकाले पनि बाहिर जाने उपाय नभएको उनले बताए ।

आफूहरु संकटमा पर्दा कसैले सहयोग नगरेको र नेपाली दूतावाससँग गुहार माग्नका लागि कुनै सम्पर्क नभएको उनले बताए ।

नेपाल एयरलाइन्सका यात्रुलाई खाने कुराको सुविधा छ भन्ने सुनेको बताउँदै उनले थाई एयरले मानवताको नाताले पनि केही सहयोग गर्नुपर्ने उनले बताए ।

यस्तो बेलामा विदेशस्थित नेपाली दुतावासहरुले आफ्ना नागरिकलाई ध्यान दिनुपर्ने शर्माले बताए ।

‘साह्रै दुख पाइयो सर, कतिपयसँग पानी किनेर खानेसमेत पैसा छैन, केटाकेटीहरुसमेत छन्, चिसो भुईँमा रात बिताउनुपरेको छ,’ शर्माले भने, ‘मानवताको नाताले पनि हामीलाई कसैले हेरेन ।’

Thailand-yatru
बच्चालार्इ भुल्याउँदै गरेकी महिला यात्रु

तस्वीरः सागर शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment